काठमाडौ, माघ ९। साविक वाईसियल नेपालको केन्द्रीय कमिटिमा रहेका ३३ जना युवाहरुले पुष्पकमल दाहाल (प्रचण्ड) को साथ छोडेका छन। बिहिबार उनीहरूले प्रेस बिज्ञपति मार्फत प्रचण्डको साथ छोडेको प्रमाण दिएका हुन् ।वाईसियलका बरिष्ठ उपाध्यक्ष बिरु तामाङ, उपाध्यक्ष सुमित तामाङ, उपाध्यक्ष गंगा कार्कि , केन्द्रीय सचिव सुवित ढुङ्गाना सहित ३३ जनाले प्रचण्ड समूह छोडेको सचिब ढुङ्गानाले बताउनुभयो । ।,’पदको लालसामा प्रचण्डले माओबादी आन्दोलन छिन्नभिन्न पार्नुभयो,’ उहाँले ,’अब हामीले प्रचण्डको साथ छोड्यौँ,’ आफुहरु अब गृहमन्त्री राम बहादुर थापा ( बादल) समेत रहेको ओलि समुहमा समाहित भएको उहाले जानकारी दिनुभयो । पुर्व माओबादी लडाकु समेत रहेका उनिहरु यस अघि राष्ट्रीय युवा संघ नेपालको केन्द्रीय कमिटिमा थिए। विहिवार काठमाण्डौमा बसेको वाईसियलको केन्द्रीय समन्वय समितीको बैठकले बिरु तामाङ सुदिपको संयोजक्तवमा ९९ सदस्य केन्द्रीय समन्वय समिती चयन समेत गरेको छ। साथै सात वटै प्रदेशमा संयोजक समेत बैठकले तोकेको छ।साभार जनता टाइम्स