कलैया अस्पताललाई कोरोनाको किट प्रदान

बारा, २० चैत्र । प्रदेश नं.२ का प्रदेश सरकारको भौतिक पुर्वाधार बवकास मन्त्री माननिय जितेन्द्र सोनलले बिहिवार कलैया अस्पताललाई विश्वभरी नै माहामारीको रुपमा फैलि रहेको कोरोना भाइरसको माहामारीलाई नियन्त्रण गर्न तथा संक्रमण चेकजाँच गर्नका लागि अस्पताललाई विभिन्न किट तथा आवस्यक सामग्री प्रदान गरिएको छ। मन्त्री सोनलले कलैया अस्पताललाई पिपिइ कीट ३०, गलब्स ४०० पीस , माक्स १०० पीस तथा जिल्ला जनस्वास्थ्य कार्यालय बारालाई पिपिइ कीट २०, गलब्स १०० पीस र माक्स ५०० पीस प्रदान गरेका हुन् । मन्त्रीसैगै प्रदेशसभा सदस्य पारस प्रसाद साह , जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिसोर सिंह ,श्याम गुप्ता , जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डित, प्रहरी उपरिक्षक कृष्ण प्रसाद पगेनी, अस्पताल व्यवस्थापन समिती अध्यक्ष किशोरी जैसवाल, अस्पतालको मेसु डा.वीरेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो ।