रौतहटमा लागु औषध गाजा सहित दुई पक्राउ

रौतहट, ९ भदौं– प्रहरीले रौतहटको बौद्धीमाई नगरपालिका वडा नम्बर ८ बंकुल बजारबाट बिहिवार अपरान्ह प्रतिवन्धित औषधी सहित दुई जना भारतियलाई नियन्त्रणमा लिएको छ ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजले दिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलका प्रमुख प्रहरी सहायक निरिक्षक सुनील कुमार यादवको संयुक्त कमाण्डमा खटिएको टोलीले प्रतिवन्धित औषधी सहित भारत बिहार पुर्वी चम्पारण घोडाुहन थाना ग्राम पंचायत पुर्नहिया कोठी वडा नम्बर ६ निवासी ४१ वर्षिय सुरेन्द्र प्रसाद जयसवाल र सोही ठाउकै भानु प्रसाद जयसवालकी श्रीमति ३५ वर्षिया सुनिता देवीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरु सवार बि.आर. ०५ वाई ४३३२ भारतिय नम्बरको मोटरसाईकललाई रोकी चेकजाच गर्ने क्रममा डाईजेपाम, फेनारगन, बुप्रेनर्फिन ५÷५ सय एम्पुल गरी १५ सय एम्पुल प्रतिवन्धित औषधी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिनु भयो ।
बरामद भएको मोटरसाईकल, प्रतिवन्धित औषधी सहित पक्राउ परेका दुबै जना भारतियलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक बुढामगरले बताउनु भयो ।