प्रहरी हिरासतमा मृत्यु भएको दलित परिवारलाई कृष्ण यादवको एक लाख सहयोग

रौतहट । भदौ १२ गते

प्रहरी हिरासतमा मृत्यु भएको दलित युवा विजय महराको परिवारलाई नेपाली कांग्रेस रौतहटका सभापति तथा पूर्व सांसद कृष्ण यादवले एक लाख रुपैयाँ सहयोग गरेका छन् । पीडित परिवारलाई राहत महसुस गराउन आफुले सहयोग गरेको बताउदै सभापति यादवले थप राहतसहित न्याय दिन केन्द्र सरकारसंग माग गरेका छन् ।रौतहटको गरुडा नगरपालिका —८ का निरञ्जन राम चमारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना मध्ये बिजय रामको चरम यातना तथा प्रहरीको निर्घाट कुटाईबाट उपचारको क्रममा विहिबार राति १ बजेको समयमा नेशनल मेडिकल वीरगंजमा मृत्यु भएको थियो । अनुसन्धानको क्रममा हिरासतमा रहेका रामलार्इ इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले २ जना साधारण पोषक लगाएको प्रहरी लगाएर बूट , रड , लगायतका हात हतियार प्रयोग गरी गरेको निर्घात कुटपिटबाट मृगौलामा समस्या आई युवक रामको मृत्यु भएको चिकिस्तकले पुष्टि गरिसकेको जनाइएको छ । आर्थिक प्रलोभनमा परी घटनाका वास्तविक दोषी सर्च नर्सरीका साहूलाइ जोगाउने उदेश्यले निर्दोषमाथि गरिएको दमन शोषणको विरुद्धमा नेपाली कांग्रेसले जोड़दार आवाज उठाउदै सभापति यादवले माग गर्नु भएको छ । मानव अधिकारको उल्लंघन गर्ने डीएसपी महतोलाइ छिटै निलंम्बन गरी कानूनी कार्यवाही गर्नु पर्ने मांग समेत पिडित पक्षले गरेका छन । घटनाको छानविन गर्नका लागि उच्च स्तरीय छानविन समिति गठन गर्नु पर्ने , पीडि़त परिवारलाई राहत उपलब्ध गर्नु पर्ने , दोषी प्रहरीलाइ कÞानूनी दायरा ल्याई मृतकलार्इ शहीद घोषणा गर्नु पर्ने लगायतका मांग राख्दै कांग्रेसले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाइ ज्ञापन पत्र समेत बुझाएका छन । यस्तै गरुडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवले हत्या गरिएका दुवै जना निरंजन राम तथा विजय राम चमारको परिवारलाइ एक एक लाख रुपैया आर्थिक सहयोग दिने घोषणा गर्नु भएको छ । मानवीय धर्मलाइ पाखा लगाउदै अमानवीय कार्य गरेका डीएसपी महतोलाइ कड़ा कड़ा भन्दा कड़ा कानूनी कार्यवाही गर्नको लागि चौतर्फी रुपमा मांग हुुन थालेकोे छ ।