नेकपा एमाले पार्टीलाइ भित्तामा पुराउछौ भन्नेहरु आफै भित्तामा पुगे-ईश्वर पोखरेल

रौतहट,१४ चैत्रनेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले पार्टीलाइ भित्तामा पुराउछौ भन्नेहरु आफै भित्तामा पुगेको बताएका छन । मंगलबार रौतहटको गौरमा आयोजित मिसन ग्रास रुट (पार्टी सुदृढिकरण तथा बिस्तार अभियान) कार्यक्रम अन्र्तरगत रौतहट जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । नेकपा माओबादी केन्द्र र नेकपा एसका नेताहरुलाइ इंगित गदै बरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेलाइ भित्तामा पुराउछु भन्नेलाइ गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली जनताले नै उनीहरुलाइ भित्तामा पुराइदिएको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेको बरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको माया र स्नेहले नै नेकपा एमाले पार्टी समानुपातिक मतमा पहिलो भएको र अब आउने निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने गरी योजनाबद्ध संग जनताहरुको काम गरिरहेको बताए । मिसन ग्रास रुटको मुख्य उदेश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरुको समस्याको समाधान र पार्टीलाइ जग देखि नै बलियो बनाउनु रहेको पोखरेलले बताए ।यस्तै कार्यक्रमका अर्का अतिथि तथा नेकपा एमालेका केन्द्रिय कमिटिका सचिब रघुबिर महासेठले नेकपा एमाले पार्टी भनेको सालको रुख भएको बताएका छन । नेकपा एमाले मधेश प्रदेश इन्चार्ज समेत रहेका महासेठले नेकपा एमाले पार्टी साल रुख जस्तो बलियो पार्टी रहेको र अब मिसन ग्रास रुट कार्यक्रमले झन बलियो बन्दै गएको बताएका छन । नेकपा एमाले पार्टी जनताको पार्टी भएकै कारण मधेशमा एमाले पहिलो पार्टी बनेको सचिब महासेठको धारणा रहेको थियो ।कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य द्धय अच्चयुत मैनाली,पुरुषोतम पौडेलले मिसन ग्रास रुटको उदेश्य बारे प्रकाश पारेका थिए ।कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मी,मधेश प्रदेश उपसचिब आरती भण्डारी,प्रभबाशाली नेता अजय गुप्ता, मधेश प्रदेशका महिला तथा बालबालिका मन्त्री जैद राजा,गृह तथा संचार राज्यमन्त्री केशब राय थारु लगायतको उपस्थीती रहेको थियो । पार्टीको रौतहट जिल्ला संयोजक सचितान्नद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी उमेदवार अजय गुप्ताले स्वागत मन्तब्य राखेका थियो । कार्यक्रममा जिल्ला भरीका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।