राजदेवीमा विश्व पर्यटन दिवस २०२० को अवसरमा मन्दिर सरसफाइ

रौतहट । असोज ११ गते

रौतहटको राजदेवी नगरपालिकामा विश्व पर्यटन दिवस २०२० को अवसरमा मन्दिर सरसफाइ तथा बृक्षारोपण गरि आइतबार मनाइएको छ । रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ६ स्थित विश्व प्रसिद्ध राजदेवी मन्दिर परिसरमा सरसफाई तथा विभिन्न जातका बिरुवाहरु रोपेर मनाइएको आयोजक भिजिट मधेश प्रदेश २ का संयोजक नविन कुमार सिंहले बताउनु भएको छ । विश्व पर्यटन दिवस २०२० को अवसरमा ” भिजिट मधेस ” प्रदेस नम्बर २ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश २ राजदेवी नगरपालिका रौतहटको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । बृक्षारोपणले बातावरण तथा पर्यावरणमा शुद्धता आउने संयोजक सिंहको भनाइ रहेको थियो । कार्यक्रममा राजदेवी नगरपालिकाका जनप्रतिनधि, नेकपाका शम्भू सिंह , नेपाली कांग्रेसका रणधीर कुमार सिंह ,लगायत शिक्षक, युवा, पत्रकार, समाजसेवी, सशस्त्र प्रहरी नेपाल, नगर प्रहरी राजदेवी, राजदेवी नपा सरसफाई शाखा लगायतका युवा ब्यक्तित्वहरुको सहभागीता जनाएका थिए ।