सशस्त्र प्रहरी द्वारा अबैध हतियार सहित २ भारतिय पक्राउ


रौतहट २४ बैसाख ।

उत्तम कुमार उपाध्याय

सशस्त्र प्रहरीको गस्तीटोलिले बारा सिम्रौनगढ बाट अबैध हतियार सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बाट खटिगएको सादापोषाकको टोलि र झरौखर स्थित सिमासुरक्षामा खटेको सशस्त्र प्रहरीको टोलिले सिमौनगढ कचोर्वा सडक खण्डमा चेकजाँचको क्रममा हतियार सहित दुबैजना लाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा भारत बिहार मोतिहारी जिल्ला कसवा लौखानका बिनोद यादवका २३ बर्षिय छोरा पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ बर्षिय अखलेस सिंह रहेको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजी गणेश ठाडा मगरले बताएका छन । बिआर 1सि 13161 नम्बरको मोटरसाइकलमा भारत बाट बारा आउनेक्रममा रोकेर चेकजाँच गर्दा उनिहरुले कमर मुनि लुकाई राखेको चाईनिज अटोमेटिक पेस्तोल १ थान,म्यागजिन १ थान त्यसमा लाग्ने गोलि २ थान,घरेलु नलकटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोलि २ थान बरामद भएको डिआईजी मगरले रातोपाटी लाई जानकारी दिएका छन ।
मोटरसाइकल र हतियार सहित दुबैजना लाई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाईएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।