बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने

काठमाण्डौ, २३ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने बताउनु भएको छ । मंगलवार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी उहाले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न सम्भव नभएको बताउनु भएको हो । ‘ब्याज मिनाहको माग त आउँछ । आइरहेको पनि छ । तर त्यो सम्भव छैन,’ उनले चने । व्यवसायीले तिर्नुपर्ने ऋणको भाका सार्न भने सकिने गभर्नर अधिकारीले बताए । अहिले ब्याज तिर्नपर्ने तनावमा नपर्नुहोस् । भोलि त तिर्न परिहाल्छ । अहिलेलाई समय सार्ने, विजनेसमा अप्ठेरो नपरोस भन्नेमा छौं’ उनले व्यवसायीहरुलाई भने । बैठकमा सांसदहरुले नेपालमा बैंक ब्याजदर बढी रहेको भन्दै कम गर्नुपर्ने बताएका थिए । जवाफमा गभर्नर अधिकारीले विकसित देशमा भन्दा अल्पविकसित देशमा ब्याजदर बढी नै हुने बताए ।