गढीमाई मेलामा दर्शनार्थीहरुको चहलपहल बढदै
आर्दशवाणी संवाददाता । बारा, ४ मंसिर । मंसिर ३० गतेसम्म लाग्ने गढीमाई पंच बर्षिय मेलामा चहलपहल बढन थालेका छन् । गढीमाई मन्दिरमा दिनहँु करिब हजारौ भतmजनहरु पुजा तथा दर्शनका लागि आउने गरेको गढीमाई मन्दिरका पुजारी मंगल चौधरीले बताउनुभयो । यो संख्या दिन प्रति दिन बढदै जाने र ११ गतेदेखि मेलामा रौनकता थप्ने पुजारी चौधरीले भन्नुभयो । मेला आउने दर्शनार्थीको लागि खानेपानीको लागि २ सय चापाकल निर्माण भई सकेको तथा बिजुली बत्तीको लागि ५ सय पोलहरुमा तार जडान भइ सकेको र करिब ३ सय शौचालय निर्माणको पुरा काम भईसकेको मेला मुल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले जानकारी दिनुभयो । मेला क्षेत्र भरीमा ९ वटा ट्रान्सफरमर, दर्जनौ स्थानमा सिसी क्यामरा जडान, कुनै घटना वा आपतकालिन अवस्थाका लागि हेली प्याड निर्माण हुनुको साथै मेलाको बिशेष सुरक्षाको लागि प्रहरी मार्फत ड्रोन क्यामरा, जिल्लाको १६ वटै नगरपालिकाबाट एम्बुलेन्स र स्वास्थ्य शिविरको उचित व्यवस्था गरिएको मेला समितिले जनाएको छ । मेला आउनका लागि बाटोघाटो निर्माण, बाटो मर्मत तथा ट्राफिक जाम हुन नदिन सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्लाबाट ३० जना जनपथ प्रहरी सहित १० जना ट्राफिक प्रहरीले निगरानी गर्दै आई रहेको छ । मेलामा भिड् भएपछि आवश्यकता अनुसार थप प्रहरी परिचालन गरिने छ । जिल्ला तथा संघीय प्रहरी र केन्द्रबाट हजारको सँख्यामा प्रहरी माग गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । ठाँउ ठाँउहरुमा मनोरंजनका लागि बिभिन्न खेल तमसा संगसंगै बैष्णो देवी तथा गुफाको आर्कषन समेत निर्माण भईरहेको मेला मुल समतिका महासचिव कुहवाहाले जानकारी दिनुभयो । त्यति मात्र नभई खान र नास्ताका लागि बिभिन्न होटेलहरु धमाधाम निर्माण भईरहेको तथा पसल थप्नका लागि साना देखी ठुला व्यापारीहरु जग्गा खरिद गर्न आई रहेको कोषाध्यक्ष महेश साहले जानकारी दिनुभयो । मंसिर ११ गते शुक्ल प्रतिपदा देखि परेवा उडाउने काम शुरु हुनेछ, गढीमाईका पुजारी मंगल चौधरीले बताउनुभयो । उहाँका अनुसार १७ गते मन्दिरको पुर्व र दक्षिण पटी रहेको ब्रम्हबाबाको मन्दिरमा पंचबली बोका, जंगली एकएक जोडी मुसा, परेवा, सुगुर र कुखुरालाई बली दिइन्छ । गढीमाईको बिशेष पुजाका लागि रौतहट सिमरीका हाम्रा मुल पुजारी दुखन कछडियाले मंसिर १७ गते मध्य रातीमा आफनो शरिरको पाच अंग निधार, जिब्रो, दाहिने कान, छाती एवं् दाहिने तिघ्राबाट रगतको एकएक थोपा चढाएपछि बिधिवत आफै बत्ती प्रज्वलित भएपछि बली दिने शुरु हुने पुजारी चोधरीले बताउनुभयो । मंसिर १८ गते बोका, कुखुरा, सुगुर लगायतका बली दिईने पुजारी चौधरीले भन्नुभयो । पंचमी देखि भाखल गरेकाहरुले खोईछा भर्ने काम समेत शुरु हुने गर्नेछ ।