हचुवाको भरमा निजगढले टेण्डर दियो अदालतको आदेश कार्यन्वयन गर्न बिपक्षीको माँग

आर्दशवाणी संवाददाता । बारा, ४ मंसिर । निजगढ नगरपालिकाले रित नगाएर हचुवाको भरमा ढुङ्गा, गिटी, बालुवा, रोडा आदी प्रदार्थ उत्खन्न तथा निकासी करको ठेक्का काठमाडौ स्थित रहेका सुदिपा टे«डिङ् कम्पनी लिमिटेडलाई दिएको ठेका बदर गर्न माँग गरेका छन् । कलैयामा बुधवार संयुतm रुपमा पत्रकार सम्मेलन गरि ओम सप्लायर्स कलैयाका संचालक ओमशंकर साह, गढीमाई ईन्टरप्राईजेज कलैयाका संचालक शिवनाथ पटेल, सुमन निर्माण सेवा कलैयाका संचालक तथा बारा निर्माण व्यवसायी संघका जिल्ला सचिव धिरज प्रसाद जसवाल र बिनोद साह निर्माण सेवा कलैयाका संचालक शेषनाथ साहले सो ठेका रद्द गर्न माँग गरेका हुन् । २०७६ साल असोज १६ गते ठेकाको सूचना निकालेपछि सुदिपा टे«डिङ कम्पनी लिमिटेड सहित ५ वटा संस्थाले ठेका सकारका लागि आवेदन दिएको थियो । ठेकाको नियम अनुसार १३ प्रतिशत भ्याट सहित १० करोड ३७ लाख ७० हजारको ठेका ११ करोड ७२ लाख ६१ हजार १० रुपैया मध्ये सुदिपाले सो रकमको ५ प्रतिशत ५८ लाख ६३ हजार ५० रुपैया डिपोजिट राख्नुपर्नेमा सो क्मपनीले ५२ लाख मात्र डिपोजिट राखेको थियो । सुदिपाले रित कानून बिपरित भएकाले सो ठेका कानुन बामेजिम नमिल्ने भएको हुँदा समेत निजगढ नगरपालिकाले नियम कानुनलाई धोती लगाउदै कातिक २५ गते कार्यपालिकाको ६६ औ बैठक गरि सुदिपालाई नै सो ठेका सदर भएको निर्णय गरेका छन् । ठेक्का प्राप्त गर्न दिएको निवेदक मध्ये बिनोद साह निर्माण सेवा कलैयाका संचालक शेषनाथ साहले निजगढ नगरपालिकाले गरेको निर्णयलाई बदर गर्नका लागि कातिक २६ गते उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा रिद निवेदन दिएका थिए । २८ गते ् उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजका न्यायधिस राजेन्द्र खरेलको एकल ईलासले ५ प्रतिशत धरौटी रकम अपुग रहेको हुँदा अन्तिम टुगो नलागेसम्म मिति २०७६ साल कातिक २६ गते दिएको पत्रको कार्यन्वयन नगर्न गराउन, चलन पुर्जी नदिनु नदिलाउनु यथा स्थितीमा राख्नुभनी अच्च अदालतको नियमवाली २०७३ को नियम ४२ को १ बामेजिम अन्तरिक आदेश दिएको थियो । सो आदेशको निजगढ नगरपालिकाले पलना नगरि कानुनी राज्यको उपहास गरेको सो पत्रकार सम्मेलनमा ठेकेदारहरुले बताएका छन् । त्यति मात्र नभई जिल्ला प्रशासन कार्यालयले समेत पत्र संख्या २०७६÷०७७ को चलानी नम्बर ४८०७ बाट निजगढ नगरपालिकाकाको नाममा अदालतको आदेश कार्यन्वयन गर्न पत्र समेत पठाउदा अझै सुदिपा कम्पनीले कामकाज थाली रहेको हँुदा कामकाज बन्द नगरिए अख्तियारमा जानुको साथै निजगढ नगरपालिकामा अवहेलना मुद्दा समेत दिने बिनोद साह निर्माण सेवा कलैयाका संचालक शेषनाथ साहले बताउनुभयो ।