बालविकास केन्द्रका विद्यार्थीलाई पोशाक र स्टेशनरी

हेटौंडा– नेपाली काँग्रेसले बुधबारदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत् नेपाल महिला संघ मकवानपुरले विहीबार हेटौंडा–३ मा रहेको एक बालविकास केन्द्रका बालबालिकाहरुलाई पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।

संघले नेपाल तरुण दल हेटौंडा नगर सचिव जंगवीर रुम्बाको शौजन्यमा प्राप्त पोशाक तथा शैक्षिक सामग्री हेटौंडा–३ स्थित श्री कप्टीदमारबालविकास केन्द्रका १९ जना विद्यार्थीलाई वितरण गरेको हो । अधिकांश दलित र जनजाति विद्यार्थी अध्ययन गर्ने विद्यालयमा रहेका बालबालिकाको पढाईमा सहजता प्रदान गर्न जागरण अभियानको अवसरमा सहयोग हस्तान्तरण गरिएको संघ अध्यक्ष श्रेष्ठले बताइन् ।

संघ अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता रहेको सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य तथा महिला विभाग प्रमुख अमृता थापा, नेका जिल्ला सदस्य धनबहादुर घलान, ३ नम्बर वडा सभापति ढलक थापा, संघ जिल्ला सचिव निलम बजगाईं, जिल्ला सदस्य जानकी गिरी, वडा उपसभापति अरुणसिंह लामा, दक्षिणकाली टोल विकास संस्थाका अध्यक्ष रामबहादुर थापा, संघ सदस्य सुशिला अधिकारीलगायतको सहभागिता थियो ।