भोर सस्थाले रौतहटका डोम समुदायका महिलाहरु पोषण युक्त खाध्यान्न सहयोग


आरके श्रीवास्तव । रौतहट । अषाढ ०४
भोर नामक सस्थाले रौतहटका १४ जना डोम समुदायका महिलाहरु लाइ बिहिवार पोषण युक्त खाध्यान्न सहयोग गरेको छ ।
रौतहटको माधवनारायण नपाको मिठुअवामा डोम समुदायका गर्भवती तथा सुत्केरी महिलाहरु लाइ खाध्यान्न सहयोग गरीएको हो ।
चार हप्ता माथीका गर्भवती र चारहप्ता सम्मका सुत्केरी भएका महिला तथा दलित समुदायका अति गरीव महिलाहरु लाइ खाध्यान्न सहयोग गरीएको भोर नेपालका पुर्व अध्यक्ष राजकुमार महत्तोले जानकारी दिएका छन ।
मिथिला वाइल्ड लाइफ ट्रष्ट र छोराछोरी नामक संस्था सहयोगमा २० किलो चामल ,१ किला दाल , आधा लिटर तेल, आधा किलो स्वयविन, १ किलो नुन, हरियो तरकारी ३ किलो , गेडागुडी १ किलो , अण्डा १५ थान, केरा १० थान, काक्रो १ किलो प्रति व्यक्ति लाइ बितरण गरेको डोम बिकास नेपाल का पुर्व अध्यक्ष बिजय मली डोमले जानकारी दिएका छन ।
कोरानो माहामारी का कारण लकडाउनको समयमा गर्भवती तथा सुत्केरी , विपन्न महिलाहरु उचित खाध्यान्न अभावमा जोखिममा पर्ने खतरा भएकाले खाध्यान्न सहयोग गरीएको सहयोगी भोर नामाक सस्थाले जनाएको छ ।