विकास र समृद्धीको लागी सुर्यमा मतदान गरौं– पुर्व मन्त्री साह

अगम कुमार उपाध्याय

रौतहट, २१ बैशाख– एमालेका स्थायी कमिटी सदस्य एवम पुर्व शहरी विकास मन्त्री प्रभु साहले समृद्धी र विकासको लागी सुर्य छापमा मतदान गर्न आहवान गरेका छन ।

रौतहटको फतुवाविजयपुर नगरपालिकाको शितलपुरमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै पुर्व मन्त्री साहले विकास प्रेमी हातलाई मजबुत बनाउन एमालेका उम्मेदवारकै पक्षमा मतदान गर्न आग्रह गरेका छन ।

झुठा भ्रम फैलाईएको ओली नेतृत्वको एमाले पार्टीले नै मधेशमा विकासको लहर ल्याएको दाबी गर्दै पुर्व मन्त्री साहले धोकेवाज र सामान्तीको पछाडी नपर्न मतदातालाई सचेत गराएका थिए ।

‘विकास र समृद्धीको लहर चलाउने एक मात्र पार्टी एमाले नै हो,’ उनले भने, ‘ओली नेतृत्वको पार्टीलाई अझ बलियो बनाउन सुर्य छापमै मतदान गर्नु पर्छ ।’ सत्ता र धोकाको राजनीति गर्ने पाच दलिय गठबन्धनमा लागेका बघरुपियाहरुलाई ब्यालेटपेपरबाट पाखा लगाउन उनले मतदातालाई आग्रह गरेका छन ।

फतुवा विजयपुरलाई स्मार्टसिटी बनाउने वाचा पुरा गर्न प्रभु साहको हातलाई मजबुत बनाउन सुर्य छापमै मोहर लगाउन उनले मतदातालाई सुझाव समेत दिएका छन ।

मन्त्री साहले विभिन्न पार्टी परित्याग गरेका व्यक्तीहरुलाई फुलमाला लगाई एमालेमा प्रवेश गराएका थिए ।

सो अवसरमा प्रदेश सांसद एवम एमालेका नेता कुन्दन कुशवाहा, फतुवा विजयपुर नगरपालिकाका मेयरका प्रत्याशी विजय यादव (निरबिज), उपमेयरकी प्रत्याशी कान्ती देवी महतो लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी मन्त्री साहले रौतहटको फतुवा विजयपुर नगरपालिकाको टेंग्राहामा आयोजित अर्को चुनावी भेलालाई सम्बोद्धन गर्दै विकास विरोधी पक्षलाई पन्छाउदै विकासको लहर ल्याउने एमालेका उम्मेदवारलाई भारी मतले विजयी गराउन आ–आफ्नो स्थानबाट योगदान पु¥याउन जोड दिएका छन ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा रौतहटमा एमालेका उम्मेदवारलाई जिताउन जिल्लाको विभिन्न पालिकामा आयोजना भईरहेको एमालेको चुनावी भेलालाई सम्बोद्धन गर्न मन्त्री साह व्यस्त देखिएका छन ।