पाँच किलो गाँजा सहित हथियाही बाट राजपुर नपाका एक जना पक्राउ


रौतहट । जेष्ठ ३२
रौतहटको कटहरिया नगरपालिका अन्तरगत एकजना लाई लागुऔषध गांजासहित प्रहरीले पक्राउ गरेको छ । ५ किलो लागू औषध गांजा सहित राजपुर नगरपालिका ५ का महमद सलामलाई शनिबार सांझ पक्राउ गरेको हो । झोला भित्र राखेर साईकलमा आईरहेको अवस्थामा कटहरिया २ हंथियाही गाउँ बाट चेकजाँच को क्रममा गांजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सैइ सुरेन्द्र सिंहले जानकारी दिएका छन । सलाम लाई गांजा सहित आवश्यक कार्वाही को लागि गएराती ईलाका प्रहरी कार्यालय गरुडा पठाएको प्रहरीले जनाएको छ ।