चट्याङ्गको कारण बालिकाको मृत्यु

पर्सा, २५ बैशाख । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाडेपुरमा बिहिवार हावाहुरी र असिना पानी सँगै परेको चट्यांङ्गले एक बालिकाको मृत्यु भएको छ । घरमै खेली रहेको अवस्थामा चट्याङ्ग पर्दा बेहोस भएकी पाडेपुरका राजु साह तेलिकी ६ बर्षिय छोरी उषा कुमारी साहलाई उपचारका लागि वीरगंज ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव नारायणी अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिहले बताए ।