भेनको ठक्करबाट यादवको मुत्यु, घटना आफैले गरेको गलत प्रचार

बारा, २७ गते । माछा ढुवानीगर्ने गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको घटनालाई आफैले चलाएको मोटरसाईकल कल्र्भटमा ठोक्किदा घटना भएको गलत प्रचार गरिएको छ । महाढीमाइ नपा १० गन्जभवानीपुर बस्ने अन्दाजी बर्ष २२ को प्रशुराम यादवले चलाएको मोटरसाईकललाई भेनले ठोकिदा यादवको मुत्यु भएको हो । कलैयाबाट गन्जभवानिपुर आउदै गरेको ना ४५ प ३६६९ मोटरसाईकललाई बिपरित दिशाबाट आएको प्र.०२०३ ००१ च ४८४ नम्बरको भेनले गन्जभवानीपुर नजिकै बिहिवार राती करिब ८ बजे ठक्कर दिदा यादव गम्भीर घाइते भएको थियोे । घाइते यादवलाई उपचारको लागि कलैया अस्पतालमा पुगाउदा उनलाइ अस्पतालका चिकित्सक मुत घोषणा गरिएको प्रहरी चौकी गन्जभवानिपुरका प्रहरी नायब निरीक्षक रुद्र प्रसाद श्रेष्ठले बताउनु भयो । ठक्कर दिने गाडीको चालक बिरगंज महानगरपालिका वडा नम्बर–१६ निवासी मनोज प्रसाद गुप्ता सहित गाडी जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ । घटना भएको दिन स्थानीय केही ब्यक्तिले भेनको ठक्करबाट यो घटना नभई यादवले आफैले चलाएको मोटरसाईकल ठोक्किदा यो घटना भएको गलत प्रचार गरेर गाडी छुटाउन प्रहरीको ध्यान बेग्लै बाटोमा मोडेका अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ ।