नेपालको एकिकरणमा सबै वर्ग र समुदायको योगदान ः मुख्यमन्त्री राउत

बारा, बैशाख २८ गते । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको एकिकरणमा हिमाल पहाड तराईका सबै वर्ग र समुदायको योगदान र भूमिका रहेको कुरामा जोड दिनु भएका छन् । नेपाली सेनाको बाराको जीतपुरमा रहेको श्री नम्बर २८ बाहिनी अड्डामा नेपाली सेनाको इतिहास प्रबद्र्धनमा सहयोग पु¥याउदै राष्ट्रिय एकतालाई टेवा पु¥याउन तथा नेपालको एकीकरण अभियानमा मधेसबासी नेपालीहरुको योगदान झल्काउनेगरि निर्माणगर्न लागिएको एकिकरण स्मृति उधानको शनिबार एक समारोहका विच मुख्यमन्त्री राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्तरुपमा शिलान्यास गर्नु भएको हो । उनले भने, नेपालको एकिकरणमा मधेशी जनताको भूमिका पार्क निर्माण पछि जनता विचमा जाने दावी समेत गरे । नेपाली सेनाले हिमाल पहाड तराई जोडने भावनाका साथ पार्क निर्माणगर्न लागेको हुँदा प्रदेश सरकारले यसमा सक्दो सहयोगगर्ने प्रतिबद्धता समेत व्यक्त गरे । मुख्यमन्त्री राउतले सेनाद्वारा निर्मित एकिकरण स्मृति उधान प्रदेशको लागि उदाहरणीय पार्कको रुपमा रहने दावी समेत गरे । २२ करोडको लागतमा नेपाली सेनाद्वारा २ विगाहा २ कठ्ठा २ धुर क्षेत्रफलमा निर्माणगर्न लागिएको ऐतिहासिक पार्कका लागि चालु आर्थिक बर्षमा ७ करोड रुपैयाँ बजेट विनियोजन भई सकेको छ । जसमध्ये ५ करोड नेपाली सेनाको र २ करोड प्रदेश सरकारको रहेको श्री नम्बर २८ बाहिनी अड्डा जितपुरका बाहिनीपति एवं सहायक रथी अनुपजंग थापाले जानकारी दिए । उनले सो पार्कमा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका ऐतिहासिक वस्तुहरुको संग्रालय सहितको प्रदर्शनी हल समेत निर्माण गर्न लागिएको जानकारी दिए । कार्यक्रममा प्रदेश नम्बर २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्णा पौडेल लगायतको सहभागी रहेको थियो ।