असई गजेन्द्र ठाकुरको कमाण्डमा खटिएका गस्ती टोलीले भन्सार छलीको सर समानहरु जिल्ला प्रहरीमा बुझाइयो

रौतहट । असोज २० गते
भारतबाट भन्सार छली गरेर ल्याईएको सर समानहरु रौतहट प्रहरीले बरामद गरेका छन। परोहा नगरपालिका अन्तरगत पर्ने प्रहरी चौकी रामपुर खाप बाट प्रहरी सहायक निरिक्षक गजेन्द्र ठाकुरको कमाण्डमा खटिएका गस्ती टोलीले नियमित चेक जाचको क्रममा जिल्लाको दक्षिणी भेगमा रहेका नाकाहरु बाट विभिन्न मितीमा बरामद गरिएको करिब ७५ हजार मूल्य बराबरको प्रतिबन्धीत सर समानहरु नियन्त्रणमा लिएको बताउनु भयो । हिन्दुहरुको महान चाड नजदिकीए संगै तस्करहरुले भारतको घोडासाहन तथा चौनपुरबाट हुने तस्करीका समान प्रतिबन्धीत पटाखा औषधी,लता कपडा,र विभिन्न सामग्रीहरु लुकाछिपाई ल्याउदै गर्दा प्रहरीले बरामद गरेका छन। बरामद गरिएका सर समानहरु आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यलय गौरमा पठाईएको प्रहरी सहायक निरिक्षक ठाकुरले जानकारी दिनु भयो ।