मकवानपुरको विकट चेपाङ वस्तीमा विद्यार्थी भर्ना अभियान

हेटौँडा– मकवानपुरको बिकट वस्ती राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित धिराङमा शनिबार विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ । धिराङ आधारभूत विद्यालयको आयोजनामा धिराङमा शनिबार ¥याली, घरैदैलो र कोण सभाको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रदेश सभाका सदस्य सन्तबहादुर प्रजाले विद्यालय पहुँच बाहिर रहेका चेपाङ बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन गरेको बताए । उनले बाटो र छात्रावासको समस्याका कारण चेपाङ बालबालिका अझै पढ्नबाट वञ्चित रहेको बताउँदै विद्यालयमा पूर्वाधार निर्माण आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल चेपाङ मकवानपुरका अध्यक्ष खेम चेपाङ, विद्यालयका प्रधानाध्यापक बाबुलाल घलान र गैरसरकारी संस्था दिगो विकास नेपालका परियोजना व्यवस्थापक अनिल पौडेलले चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन विशेष कार्यक्रम आवश्यक भएको
बताए ।
छजना शिक्षक रहेको विद्यालयमा १६६ चेपाङ बालबालिका अध्ययनरत छन् । राक्सिराङ गाउँपालिकाले केन्द्र स्तरमा चारवटा विद्यालय भर्ना अभियान सम्पन्न गरी विद्यालय स्तरमा भर्ना अभियान सुरु गरेको छ ।