उपमेयर खातुनले गरिन पिसिसि सडक ढलान को शिलान्यास

आरके श्रीवास्तव रौतहट । अषाढ ०४
रौतहट जिल्लाको कटहरिया नगरपालिका मा विकास निर्माणका कार्य लाई तीब्रता दिइएको छ ।
एक कार्यक्रमका बीच उप मेयर नुरजाहां खातुन ले पिसिसि सडक ढलान को शिलान्यास गरिकि छिन् । कटहरिया नगरपालिका ५ अन्तर्गत वहादुरपुर टोलीमा सडक ढलान कार्यलाई अगाडि बढाउईएको छ। नगर स्तरीय विकास कार्य तह अन्तर्गत लालबाबु महतोको घर देखि योगेन्द्र साह को खेत सम्म ३१० मिटर लामो र २० फिट ८ इन्च मोटा पिसिसि ढलान कार्य को शिलान्यास गरिएको थियो । कटहरिया नगरपालिका को आर्थिक सहयोगमा ५० लाखको लागतमा आज देखि निर्माण कार्य शुरू गरिएको छ । उक्त शिलान्यास अवसरमा समाज सेवी यूवा नेता नसरूदिन अन्सारी, रामवहादुर यादव, नागेन्द्र साह लगायतका व्यक्तिहरूको उपस्थित रहेको स्थानिय रामअधार यादवले बताए ।