रौतहटमा अज्ञात समूह द्वारा ३ बिगहाको धानको भारिमा आगलागी,लाखौंको क्षति

रौतहट १३ मंसिर । रौतहटको देवाही गोनाही नगरपालिका अन्तर्गत एकजना किसानले दांई गर्न खलिहानमा राखेको ठुलो परिमाणको धानको भारिमा अज्ञात समूहले आगलागी गरेका छन । आगलागी बाट सबै धानको भारी बोझा जलेर लाखौंको क्षति भएको छ। देवाही गोनाही वार्ड नं. ७ प्रेमपुर गोनाहीका बुधाई राय यादवले दाँईगर्न खलिहानमा राखेको धानको भारिमा गएराती अज्ञात समूहले आगलागी गरेको हो। आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको भारी बोझा पुर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । बुधाई यादवले लगाएको तीन बिगहा धानको भारी जलेर कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय अर्जुन यादवले जानकारी दिएका छन । अज्ञात समूहले धानको भारिमा मध्य रातमा आगलागी गरेको समय गाउँलेहरु मस्त निन्द्रामा सुतिरहेको हुनाले आगलागी नियन्त्रण हुन नसकेको उनको भनाई छ । यसैबीच पीडित परिवारले घटना को अनुषन्धान गरि दोषिमाथी हदै सम्मको कार्यवाही तथा सम्बन्धित निकाय संग छतिपुर्ती को मांग गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएका छन । धानको भारीको चारैतिर बाट एकैचोटि आगलागी भएको देखिएकाले कसैले आगो लगाएको हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको अनुसंधान भैरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन ।