
लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्व्यिो
काठमाडौं, वैशाख १४ गते । नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आईतबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । सो जानकारी सरकारका प्रवक्ता डा.युवराज खतिवडाले दिए । साथै बैठकले इपीएस अन्तगर्त कोरीया जाने कामदारलार्इ दुबै देशका सरकारबीचको समझदारीमा जान दिन निर्णय समेत गरेको उनले बताए । साथै हवाइ उडान तथा अवतरण भने बैशाखको अन्तमसम्म रोक्ने निर्णय भएको छ । चैत ११ गतेदेखि शुरु भएको लक डाउन यस अघि तीन पटक थपगरि सकेको छ । चैत ११ गतेदेखि १८ गतेसम्म निर्धारण गरिएको लक डाउन चैत १६ गते सरकारले पुनः दोश्रो पटक बढाएर २५ गतेसम्म पु¥याएको थियो । यो अवधिमा पनि संक्रमितको संख्या नेपालमा बढेकाले वैशाख ३ गतेसम्मको लागि तेश्रो पटक लक डाउनको अवधि बढाइएको थियो । छिमेकी देश भारतमा लक डाउनको समय बढाएको र त्यहाँकोरोना भाइरसका कारणले संक्रमण बढेसँगै नेपालमा पनि बढ्न सक्ने आंकलन गर्दैै डाउनको अवधि चौंथो पटकमा १२ दिन बढाएर वैशाख १५ सम्म पु¥याएको हो । आइतबार नेपालमा थप दुई जनालाई संक्रमण भएर संक्रमित संख्या ५२ जना पुगेको छ भने १६ जनापूर्ण रुपमा निको भएर डिस्चार्ज भएका छन् । संक्रमित अन्य ३५ जना देशका विभिन्न अस्पतालमा उपचार गराइ रहनु भएको छ । उनीहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ताडा. विकास देवकोटाले जानकारी गराएका छन् ।
