रौतहटको फतुवा बिजयपुरमा माओवादी नगर अधिवेशनमा बिवाद

रौतहट १३ मंसिर । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नेकपा माओवादी नगर अधिवेशनमा बिवाद भएको छ । अधिवेशन गराउन गएका प्रतिनिधिले सहमति भएर नगर संयोजक तोकिएको बताईरहंदा अधिकांश पदाधिकारीले सहमति न भएको भन्दै आक्रोश पोखिरहेका छन । माओवादी केन्द्र रौतहटले अधिवेशन सफलता पुर्वक सम्पन्न गराउन बिजयपुर पठाएको प्रदेश २ कमिटी सदस्य ओहिद अन्सारीले भ्रम छरेको आरोप लागेको छ । माओवादी प्रदेश २ कमिटि सदस्य ओहिद अन्सारी र रौतहट जिल्ला संयोजक देवेन्द्र पटेल आईतवार बिहान कटहरिया एफएम संग कुरो गर्दै जिल्लाको १८ मध्ये १२ स्थानीय तहमा सर्वसहमतिमा नगर अधिवेशन सम्पन्न भएको बताएका थिए । साथै फतुवा बिजयपुरमा पुर्ण सहमती नभएकाले तत्काल अजय तिमल्सिना लाई नगर संयोजक बनाएको तथा अर्को बैठक बाट समिति लाई पुर्णता दिने नेताद्व्य पटेल र अन्सारीले बताएका थिए । आइतबार सांझ माओवादीका मेयर प्रत्याशी सुरेन्द्र यादवको नेतृत्वमा झन्डै १ दर्जनको संख्यामा आएका फतुवा बिजयपुरका माओवादी पदाधिकारीहरुले उक्त खबर भ्रमपुर्ण रहेको टिप्पणी गरेका छन । नगर अधिवेशन स्थगित हुंदा पनि माओवादीका केन्द्रिय सदस्य युवराज भट्टराई र जिल्ला संयोजक देवेन्द्र पटेलको ईशारामा नेता ओहिद अन्सारीले नगर संयोजकमा अजय तिमल्सिना चुनिएको झुठो प्रचार गरेको उनिहरुले गुनासो गरेका छन । शनिबारको नगर अधिवेशनमा नगर संयोजकको लागि बहुमतले सहिद परिवारका गणि महतोको नाम अगाडि आउँदा सहमति न भएपछि नेता अन्सारीले आइतबार सहमति गर्ने सर्तमा बैठक स्थगित गरेर गएको मेयर प्रत्याशी सुरेन्द्र यादवले बताएका छन । एकातर्फ सहमतिको लागि दिन तोक्ने र अर्को तर्फ बहुमत लाई लत्याएर मनपर्दी गर्नेकाम हो भन्दै माओवादी जिल्ला नेतृत्वको उनिहरुले खुलेरै बिरोध गरेका थिए । फतुवा बिजयपुर नगरपालिकामा बहुमतको कदर नगरी जिल्लाले अकोहोरो निर्णय गरेमा न्यायको लागि आफुहरु माओवादी प्रदेश २ कमिटी देखि केन्द्रिय कमिटी सम्म पुगेर संघर्ष गर्ने बताएका छन । जनादेश बिपरित नेतृत्वले निर्णय गरेमा आफुहरु माओवादी राजनीति त्याग गरेर सर्वसाधारण सरह घरमा बस्ने समेत टोलिले चेतावनी दिएका छन । यादवको नेतृत्वमा फतुवा बिजयपुर ७ का वडा अध्यक्ष तथा पार्टी संयोजक हिरालाल यादव,८ का वडा अध्यक्ष तथा पार्टी संयोजक उमाशंकर जयसवाल,४ का संयोजक संजय महतो,७ का संयोजक मुकेश यादव,१० का सचीव गणिलाल महतो,१ का वडा अध्यक्ष उमेदवार जगदीश यादव,वाईसीएल नगर अध्यक्ष सर्फलाल यादव,वडा ५ का पार्टी संयोजक शेख महम्मद ईम्ताज आलम,लगायतले जिल्ला नेतृत्वको खुलेरै आलोचना गरिरहेका थिए ।माओवादी केन्द्र रौतहटका संयोजक देवेन्द्र पटेलले फतुवा बिजयपुरको समस्या जिल्लाको बैठक बसेर समाधान गर्ने बताएका छन ।