दलित बस्तीमा सरसफाई तथा अन्तरकृया

ज्ञानेश्वर तिवारी । बारा, १२ मंसिर । महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुले आफैबाट सुरु गरिए वा आफनो घर सफा राखेमा अन्यको सफा राख्न सकिन्छ बताउनु भएको छ । सुन्दर शान्त नेपाल भन्ने नारा सहित सो नगरपालिकाको वडा नम्बर ३ को दलित बस्तीमा बिहीवार सरसफाई तथा अन्तरकृया कार्यक्रममा बोल्दै चुल्हो चौकादेखी घर सफाईमा ध्यान दिएमा समाजको चाहे जस्तो सुधार हुने उहाँले बताउनुभयो । उहाँले पूर्वकाल देखी नै दलितहरुसँग जरो गाडेर चल्दै आएको छुवाछुतको मुल कारण फोहर रहनसहन तथा कपडानै रहेकाले दलितहरुलाई सरसफाईमा ध्यान दिएमा छुवाछ्ुत प्रथा नष्ट भएर जाने दावी गर्नुभयो । यसैगरी आफनो गाउँ आफै बनाउ जस्तो यो अभियानलाई नजरगर्दै गाउँ, टोल सफा राख्न वडा नम्ँबर ३ का वडाअध्यक्ष उपेन्द्र प्रसाद जैसवालले सबै वडाबासीमा अनुरोध गर्नुभयो । सरसफाई तथा घर परिवारको सम्पूर्ण जिम्मेवारी गृहणीको काँधमा रहेकाले सरसफाईलाई पूर्ण जिम्मेवारी सम्झेर दलित महिलाहरुलाई अगाडी बढ्न वडाध्यक्ष जैसवालले भन्नुभयो । यसैगरी समाजसेवी चन्देश्वर प्रसाद ग्ुप्ताले पुरुष सरह महिलाहरुले पनि समाजिक उतरदायित्व खेल्दै आएको स्मरण गराउदै दलित महिला तथा पुरुषहरु पनि समाजिक अभियन्ता बनेर मुकुल विकासमा सेवा गर्दै आएको बताउनुभयो । नागरिक संवाद मंचका अध्यक्ष शिलादेवी जैसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर उद्योग वाणिज्य संघ गपुरका अध्यक्ष रुस्तम अंसारी, कार्यपालिका सदस्य जैसा खातु्न, वडा सदस्य बिनोद साह, चनरमति राम, राष्ट्रिय वाणिज्य बैंक गपुरका शाखा प्रबन्धक अरबिन्द झा, स्वास्थ्य चौकी प्रमुख लालबहादुर जैसवाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर श्रेष्ठ, अमानुल्लाह अली लगायत स्थानीय ५४ जनाको सहभागिता रहेको थियो ।