रौतहट । भदौ ९ गते
प्रदेश नम्बर २ मा मंगलवार १ सय ६४ कोरोना संक्रमित थपिएका छन । यो सँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार १ सय ८१ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी सर्लाहीकामा कोरोना पुष्टि भएको छ । यस्तै धनुषाका ३८ जना, महोत्तरीका १७ जना, सिरहाका १५ जना, बाराका १७ जना र रौतहटका २६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाको ‘हट स्पट’ पर्सामा भने मंगलबार मात्र १ जना संक्रमित थएिका छन । धनुषाका संक्रमितमध्ये जनकपुरस्थित प्रादेशिक अस्पतालकै ५ कर्मचारी छन । यस्तै अस्पतालमा उपचाररत अन्य ४ विरामीमा समेत कोरोना पुष्टि भएको छ । नेपाल प्रहरी १ जना, नेपाल बैंकका १ जना, जानकी फाइनान्स वित्तिय संस्थाका ४ जना र भेटनरी हस्पिटलका १ जना कर्मचारी समेत कोरोना संक्रमित भएका छन । यस्तै जिल्ला प्रशासन कार्यालयका एक प्रशासकीय अधिकृतमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । तर उनलाई सामाजिक विकास मन्त्रालयको तथ्यांकमा समावेश गरिएको छैन । उनी अहिले होम आइसोलेसनमा बसेको बताइएको छ । मन्त्रालयले सबै मृतकलाई समावेश गरेन सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा २ जनाको मात्र मृत्यु भएको जनाएको छ । मन्त्रालयले तथ्यांक अनुसार बलवा नगरपालिका ३ का ७२ वर्षीय पुरुष र लहान नगरपालिका १२ का २२ वर्षीय युवकको कोरोनाले ज्यान गएको मन्त्रालयले जनाएको छ । यद्यपि बारामा २ पुरुष र महोत्तरीमा समेत एक पुरुषको मंगलबार मृत्यु भएको छ। तर यी दुई जनालाई तथ्यांकमा मन्त्रालयले समावेश गरेको छैन । यो सहित यस प्रदेशमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।