न्यायालय अन्योलमा भएको वर्ष

काठमाडौं – वर्ष २०७५ न्यायालयका लागि सुखद रहेन । न्यायालय वर्षभरि नै अन्योल र अनिश्चयको भूमरीमा प¥यो । भ्रष्टाचार र विकृति झनै मौलायो । ठु्लो मुद्दामा आर्थिक चलखेलको प्रश्न उठिरह्यो । न्याय सम्पादनभन्दा अन्य विषयले अदालतमा अस्थिरता निम्त्याइरहे ।

प्रधानन्यायाधीश सिफारिस न्यायाधीश संसदीय सुनुवाई समितिबाट अनुमोदन नभएको घटना यसै वर्ष दर्ज भयो । सर्वोच्चमा सिफारिस र उच्च अदालतमा नियुक्त न्यायाधीशका ‘पृष्ठभूमि’ले न्यायालयको झन आलोचना भयो । यो समाचार यम विरहीले अन्नपूूर्णमा लेखेका छन् ।