महागढीमाई नगरपालिकामा राहत वितरण

बारा, २५ चैत । बाराको महागढीमाई नगरपालिकाले दैनिक ज्यालादारीका मजदुर गरेर जिविको पार्जन गर्दै आएका अति बिपन्न, बिपन्न घर धुरी लकडाउनको अवधिम चामल, दाल र नुन बाँडने शुरु गरेको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न उदेश्यले जारी लकडाउनका कारण मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने घर धुरीलाई तत्काल प्रति परिवार १५ किलो चामल, दुई किलो दाल र एक किलो नुन सोमबार देखि बाँडने शुरु गरिएको महागढीमाई नगरपालिकाले जनाएको छ । दुई हप्ता देखि जारी लकडाउनको कारणले नगरपालिका क्षेत्रमा बसोबार गर्ने गरिब, दलित लगायतका दैनिक ज्यालादारीका मजदुर गरेर जिविकोपार्जन धेरै स्थानीयहरुलाई अहिले हातमुख जोडने समस्य भएकोले खाद्यान्न समाग्री बितरण गर्न शुरु गरिएिको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवको बताए । दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने छ हजार नगर क्षेत्रका स्थानीयहरुको दुई छाक राम्रोसँग खान दिन जरुरी देखेर नै नगर कार्यपालिकाबाट निर्णय गराएर खाद्यान्न समाग्री दिन शुरु गरिएको प्रमुख यादवले बताए ।