रौतहट । साउन १५ गते
रौतहट जिल्लाको सुकदेव चौकमा प्रहरी चौकीको नयाँ भवनको सिलान्यास गरिएको हो । जिल्लाको यमुनामाइ गाउँपालकिा अन्र्तगत पर्ने उक्त प्रहरी चौकीको भवनको लागि सिलान्यास आज गरिएको प्रहरी चौकी सुकदेव चौकले जनाएको हो । एक कार्यक्रमका बिच रौतहट प्रहरी प्रमुख एसपि रविराज खडकाले सिलान्यास गर्नु भएको थियो । हिन्दु परम्परा अनुसार पंडित द्धारा मन्त्रोउच्चारण गराइ सिलान्यास गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा एसपि रविराज खड्का रहनु भएको थियो भने अध्यक्षता यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले गर्नु भएको प्रहरी चौकी सुकदेव चौकका इन्चार्ज बबन झाले जानकारी गराउनु भएको हो । करिब ९४ लाखको लागतमा निमार्ण हुन लागेको नयाँ भवनको लागि विभिन्न तिन वटा पालिकाहरुले सहयोग गरिरहेका छन् । माधवनारायण नपाले १५ लाख,देवाही गोनाही नपाले १० लाख,परोहा नपाले ५ लाख र बाँकि यमुनामाइ गाउँपालिकाले भवन निमार्णमा लाग्ने खर्च व्यवहोर्ने भएको हो । उक्त भवनको केहि व्यक्तीहरुले व्यक्तीगत रुपमा पनि सहयोग गरेका छन् । नेपाली काँग्रेस रौतहटका युवा नेता नितिश कुमार गुप्ताले रु २१ हजार नगद दिने घोषणा गर्नु भएको थियो । यस्तै अन्य व्यतीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । यस अवसरमा यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया, माधवनरायण नपाका नगरप्रमुख विरेन्द्र यादव,उपप्रमुख सिमल कुमारी साह,वडाध्यक्ष राजकुमार यादव,नन्दलाल यादव,नेपाली काँग्रेसका नेता नितिश कुमार गुप्ता सहित दर्जनौं व्यतीहरुको सहभागिता रहेको थियो ।
Home मुख्य समाचार प्रहरी चौकी सुकदेव चौकमा शिलान्यास कार्यक्रम समन्न, युवा नेता गुप्ता द्धारा सहयोगको...