अगामी निर्वाचनमा माओवादीले बहुमत ल्याउने अध्यक्ष प्रचण्डको दाबी

उत्तम कुमार उपाध्याय
रौतहट, ४ मंसिर – आउने निर्वाचनमा माओवादी पार्टी २०६४ सालकै निर्वाचन जस्तो जित हासिल गर्ने दाबी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।
रौतहटको कटहरिया बजारमा नेकपा माओवादी केन्द्रद्वारा शनिवार आयोजित विशाल जनसभालाई सम्बोधन अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन ।
रौतहट जिल्ला आत्मसमर्पणकारीहरुको जिल्ला होईन, लाल क्रान्तिकारीहरुको जिल्ला भएको बताउदै उनले केही दलाल, केही भगौडा, केही प्रतिगामीहरु आत्मसमर्पण गर्दैमा रौतहटवासी नझुक्ने ठोकुवा गरे ।
दोश्रो दर्जाको नागरिक भनिएका मधेशी समुदायको अधिकार संविधानमा सुरक्षित पार्नु पर्नेमा उनको जोड थियो ।
दलित, मुस्लिम, पिछडिएकाहरुको लागी विशेष अधिकार दिलाउन आफु क्रियाशिल रहेको र यसको लागी ठुलो लडाई लडनु परेको उनले स्मरण गरे ।
परिवर्तनको लागी देशभरीमा १७ हजारले ज्यान गुमाउनु प¥याृ भने १३ सय भन्दा बढी मधेशीले ज्यान गुमाएको उनले बताए ।
अहिले प्रतिक्रिवादीहरु, जाली पटहाहरु, खनलायकहरु अहिले आतंकित बनेका छन । खलनायकहरु अहिले चितवनमा महाधिवेशन गरीरहेको उनले बताए । आफु पनि कटहरियाबाट सिधै चितवन पुग्ने उनले जानकारी दिए ।
खलनायक, प्रतिक्रिवादीहरुले मधेशी, मुस्लिम, दलित, उत्पीडितले आन्दोलन पश्चात पाएको समावेशीको अधिकारलाई समाप्त पार्ने षडयन्त्रमा लागेको उनले आरोप लगाए ।
किसानको समस्यालाई मध्यनजर गर्दै बन्द रहेको श्रीराम सुगर मिल संचालन गराउन आफुले पुरै ताकत लगाउने आश्वासन समेत उनले उक्त अवसरमा दिए ।
रौतहटवासीले वर्षेणी खेप्दै आएका डुबानको समस्यालाई समाधान गर्न उर्जा तथा सिचाई मन्त्रालय र अर्थ मन्त्रालयलाई लालबकैया र बागमती नदी नियन्त्रण गर्न तटबन्धबको व्यवस्था मिलाउन आफुले ठाडो निर्देशन दिने उनले जानकारी दिए ।
उखु किसानको समस्यालाई समाधान गर्न आफुले काठमाण्डौंमा पुगेर पहल गर्ने उनले विश्वास समेत दिएका छन ।
शिवनगरमा विद्युतको शाखा निर्माण गर्न उर्जा मन्त्रालयलाई आफ्नै मन्त्रालय रहेकोले सजिलै पुरा गर्ने जानकारी समेत उनले दिए ।
मुस्लिम समुदायको माग अनुसार शक्तिशाल मुस्लिम आयोग गठन र ईस्लामिक विश्वविद्यालय स्थापना गर्न आफुले पहल गर्ने उनले बताए ।
कटहरिया नगरपालिकामा ईलाका प्रशासन कार्यालय, मालपोत, नापी, कृषी विकास बैंकको शाखा स्थापना गराउन आफुले सहयोग गर्ने उनले अश्वासन दिए ।
नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिती रौतहटका सभापति एवम् पुर्व सभासद देवेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका रौतहट ईन्चार्ज समिर भट्टराई, पुर्व उर्जा राज्यमन्त्री सत्यनारायण भगत, पुर्व सभासद गोपाल ठाकुर, मुस्लिम अध्यक्ष ओहिद अन्सारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।