बाराका ४० जना पत्रकारको स्वाब संकलन

बारा, २ जेठ । कोरोना संक्रमितको सँख्या दिनानुदिन बढेदै गएपछि बाराका करिब ४० जना पत्रकारहरुले कलैया अस्पतालमा चिकित्सक समक्ष स्वाब दिएका छन् । समाचार संकलनगर्न फिल्डमा गएका ४० जना पत्रकारहरुले कोरोनाबाट आफु सुरक्षित भए नभएको पता लगाउन कलैया अस्पतालमा शुक्रबार पिसिआर परिक्षण मार्फत स्वाब दिएका अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा.वीरेन्द्र प्रसाद मण्डलले बताए । केही दिनदेखी पर्साको वीरगंज तथा बारा जिल्लामा कोरोना संक्रमितको सँख्या बढ्दै गएपछि यसरी पत्रकारहरुको समूहले चेकजाच गराएको बाराका प्रहरी उपरीक्षक कृष्ण प्र्रसाद पगेनीले जानकारी दिए । तराईका जिल्लाहरुमा कोरोनाको सँख्या बढ्दै गएपछि प्रदेश २ सरकारको अनुरोधमा गृह मन्त्रालयको आदेशमा बारा, पर्सा जिल्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको उनले बताए । बाराको सदरमुकाम कलैया बजार सुनसान देखिएपनि गाम्रिण भेगका स्थानीय तहमा निषेधाज्ञा नै नभएको स्थानीयहरुको सहभागिताले पुष्टि गर्छ । कोरोना नियन्त्रणका लागि नागरिकलाई घर भित्रै बस्न आग्रह गरिएपनि नटेरेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । यता प्रदेश २ सरकारले कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गरेको निर्णयको बिरोध शुरु भएको छ । उता पर्सा जिल्लामा संक्रमित देखिएका ३९ जना मध्ये दुई जना पत्रकारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिए ।