रौतहटमा दलित महिलालाई कुटपिटबाट बचाउन जाँदा प्रहरीमाथि आक्रमण, ४ जना पक्राउ

रौतहट, ३ जेष्ठ । रौतहटमा दलित महिलामाथि कुटपिट भइरहेको घटना साम्य पार्न गएका प्रहरीटोलीमाथि नै आक्रमण भएको छ । रौतहटको कटहरिया नगरपालिका–८ पोखरियामा शुक्रबार राति भइरहेको कुटपिट घट्ना साम्य पार्न गएका ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंह सुरेन्द्र सिंह, हवल्दार रामचन्द्र तिवारी र प्रहरी जवान रंजित यादवमाथि आक्रण भएको हो ।

प्रहरीमाथि आक्रमणमा संलग्न रहेको अरोपमा प्रहरीले चारनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरिया ८ का बर्ष २५का श्रीचन साह, ३२ का बच्चेलाल साह, ३७ का लालबाबु ठाकुर र ६० का प्रतापबिक्रम साह रहेको प्रहीले जनाएको छ । घटनाबारे थप अनसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

दलित महिलालाई केही स्थानीयले कुटपिट गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहको कमाण्डमा प्रहरी टोली गएको बेला अचेत बनाइ कुटपिट गरिरहेका एकजनालाई हवलदार रंजित यादवले नियन्त्रणमा लिएपछि झण्डै दुईदर्जन स्थानीय प्रहरीमाथि आक्रमण गरेका थिए । सई सिंहका अनुसार प्रहरीको हातमा रहेको लाठी खोसेर प्रहरीमाथि आक्रमण गर्नुको साथै ढुंगामुढा गरेका थिए । आक्रमणबाट प्रहरीहरुलाई चोटपट लागेको जनाइएको छ । त्यस लगतै इलाका प्रहरी कार्यालय गरुडाबाट थप मदतको लागि एको प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार कुटपिटबाट घाइते महिलाको कटहरियास्थित अस्पतालमा उपचार भइरहेको छ । संभार टुडेपाटी ।