मुस्लिम आयोगद्वारा मस्जिद, मर्दसामा अनुगमण

बारा, २ जेठ । मुस्लिम समुदायद्वारा लकडाउनको पाल्ना गरे नगरेको मुस्लिम आयोगले अनुगमण निरीक्षण गरेका छन् । लकडाउन उलंघनगर्ने अन्यको भन्दा मुस्लिम समुदायको हस्तक्षेप बढी भई रहेको जनगुनासो आएपछि जिल्लाको मदर्सामा आयोगले समिति बनाएर बिगत एक सातादेखी अनुगमण गर्ने गरेका छन् । कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गईरहेकाले त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय बाराले निषेधज्ञा जारी गरेपनि समितिले मस्जिद, मर्दसामा अनुगमणगरि मुस्लिम धर्मालम्बीहरुलाई सचेत गराउने गरेका हुन् । मुस्लिम धर्मालम्बीहरुको एक महिने रोजा अर्थात रमजान पर्वमा मर्दसा तथा मस्जिदमा सामुहिक भेला भएर गरिने दैनिक नेवाज, अल्लाह प्रतिको प्रार्थना के कसरी कुन तरिकाले सम्पन्नगरि बेलुकीको सामुहिक भोजन (बेलुकीको ईफतारी) स्थानीय तहको मुस्लिमहरुले पर्व मनाई रहेको बारे अनुगमण तथा निरीक्षण गरिएको हो । बारा जिल्लाको १६ वटा पालिकाको बिभिन्न मुस्लिम बस्तीहरुको टोलटोलमा रहेका मस्जिद तथा मर्दसाको शुक्रबार (जुम्मा)को दिन अनुगमण गरिएको समितिको संयोजक राजमहम्मद रायले बताए । आयोगको केन्द्रबाट मनोनित गरेको टोलीले महागढीमाई नगरपालिका स्थित रहेका गञ्जभवानीपुर, बिजुलपुर, बरियारपुर, दहियार, सुर्वण गाउँपालिकाको पशुरामपुर, करैयामाई गाउँपालिकाको लौतन मस्जिद तथा मद्रर्सामा पुगेर बस्तु स्थितीका बारेमा जानकारी लिएका समितिका सदस्य डा.कमरुल्लाह अंसारीले जानकारी दिए । यस्तै पचरौता नगरपालिकाको लङ्गडाचोक, आदर्श कोतवाल गाउँपालिकाको कोतवाली, सिम्रौनगढ नगरपालिकाको किशुनपुर लगायत स्थानमा रहेका मस्जिद तथा मर्दसाहरुमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मस्जिद, मर्दसाहरुमा भेटिएका धर्मगुरुहरुलाई लकडाउनको बेला नेपाल सरकारले गरेको निर्णय पालना गर्न र गराउन हाम्रो पहिलो कर्तब्य रहेको समितिले जनाएको छ । यसबर्षको रमजान पर्व बिगतको दिन भन्दा बेग्लै तरिकाले मनाउने गरिएको हो, सामुहिक प्रार्थना नभएर तीनतीन मिटरको दुरी बनाएर, सकभर मस्जिद, मर्दसाको साट्टो आ–आप्mनै घरमा पर्व मनाउन मौलबी जमालु देवानको सल्लाह अनुसार आफुहरुले पर्व मनाउने गरेको प्रसौनी गाउँपालिका वडा नम्बर–३ का आसमहमद मियाँले बताए ।