हिन्दु राष्ट्र हुन अहिले मुख्य आवश्यकता राष्ट्रिय महासचिव सिंहको भनाई

रौतहट । असोज २२ गते
रौतहटको परोहा नगरपालिका ३ तेजापाकडमा विश्व हिन्दु परिषद नेपालको जनजागरण कार्यक्रम सम्पन्न भएको छ।
हिन्दु राष्ट्र कायम गर मुलनारा सहितको कार्यक्रम बिश्व हिन्दु परिषद नेपालका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । हिन्दुका कुरा राख्दा कुनै पार्टीको कार्यकर्ता होइन सम्पुर्ण राष्ट्र भरिनै हिन्दु हो र हिन्दु राष्ट्र हुन अहिले मुख्य आवश्यकता रहेको बताए ।
झुठो कुरा गरेर संगठनमा जोड्दैनौ,जुन सुकै शासन व्यवस्था हो हिन्दु राष्ट्र हुनु पर्छ हाम्रो मान्यता हो ।
प्रश्न गर्दै उनले भने प्रत्येक हफ्ता एक हिन्दु व्यक्तीको टाउको फुटाउने उदेश्य तथा समझौता गरि सङ्घियता देशमा लादिएको बताएका छन् ।
सुरक्षा निकायका प्रमुख सङ्ग मिलेर गाउँमै दिन दहाडै गाई हत्या हुँदै आएको कैयौ प्रमाणहरु सार्वजनिक भए पनि केन्द्रिय सरकारले कुनै कार्यवाही गरेको छैनन् ।
धर्म निर्पेक्ष लागू गराउन देशहरुबाट हिन्दुको बेटा पार्टीका नेता बनेर पैसा ,पद लिएर हिन्दु धर्म राष्ट्रको नाम पतन गराएका उनले बताए ।
हामीहरु आफ्नो धर्मबाट आफै टाढिदै गएको फैशनमा रहनका लागि स्वार्थमा भरिएकोले हाथमा रक्षासुत्र नबाध्नु,टाउमा टिकी नराख्नु यो हिन्दु नभएको ठुलो प्रमाण स्वयं आफ्नै सङ्ग रहेको उनको तर्क ठम्याइ रहेको छ ।
देशका राजनीतिक दलहरुले हिन्दु धर्मको नारा लगाएको हिन्दुत्वलाई बेचेर सान्सद र मन्त्री बन्दै आएको उनले आरोप लगाए ।
हाम्रो लडाइ अरु धर्मका व्यक्ती सङ्ग छैन हिन्दु सङ्ग नै रहेको राजनैतिक दलसङ्ग रहेको जितेन्द्रले बताए ।
देश बचाउन मुल औषधि हिन्दु राष्ट्र कायम गर्नु नै हो । स्वतः धर्मान्तर प्रक्रिया अन्त्य हुँदै जान्छ ।
बिगत इतिहास स्थापितमा अग्रनी भुमिका निर्वाहमा आएको रौतहटका जनताहरुले फेरि नै हिन्दु राष्ट्र कायम गराउन त्यस्तै भुमिका निर्वाह गर्नु पर्ने समय आएको र सम्पुर्ण देशका हिन्दु जनताहरुलाई एकता गर्नलाई जनजागरण सुरुवात गरेको साथै तराई ,पहाड र हिमालका हिन्दुलाई जोड्ने प्रयासमा रहेको उनले बताए ।
प्रदेश नं.२ को संगठन मन्त्री धनुष धारि पाण्डेले भने बच्चा जन्म लिएपछी आमाको साटो बाख्राको दूध खुवाउने चलन छ ।
कार्यक्रममा विश्व हिन्दु परिषद नेपालको सन्त सेवक सौरव मार दर्शक मण्डलको सह सहयोजक, स्वयंसेवक सेवक राज्य गिरि, समाजसेवी युवा नेता किरण कुमार शाह, पत्रकार,कार्यक्रम आयोजक सरोज कुशवाहा,समितीको अध्यक्ष,सुरक्षा निकायका प्रहरी लगायत भद्रभलादमीहरुको उपस्थित रहेको थियो ।