अवैध मदिरा कारोवार नियन्त्रण गर्छु, एसपी घिमिरे

उत्तम कुमार उपाध्याय
रौतहट, ३० भदौं– जिल्लाको सिमावर्ती क्षेत्रमा बढदै गएको अवैध मदिरा कारोवारलाई नियन्त्रण गर्न कुनै कसर बाकी नराख्ने दाबी रौतहटका प्रहरी उपरिक्ष विनोद घिमिरेले गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मेवारी सम्हालेको सम्हालेको दोश्रो दिन उहाले पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा यस्तो दाबी गर्नु भएको हो ।
घरेलु मदिरा बिक्री वितरण तथा ओसारपोसारलाई नियन्त्रण गर्न योजना बनाएर अघि बढने उहाले स्पष्ट पार्नु भयो ।
जिल्ला प्रहरी कार्यालय परिसरमा बुधवार आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाले पत्रकार र प्रहरीको सम्बन्ध सुमधुर बनाउन अथक प्रयास गर्ने बताउनु भयो ।
रौतहटमा बढदै गएको सांगठनिक अपराध, दहेज प्रथा, घरेलुहिंसा, जातिय छुवाछुत जस्ता अपराधिक घटनामा निष्पक्ष भएर अनुसन्धान गर्ने आश्वासन समेत उहाले दिनु भयो ।
सय अपराधी छुटुन तथा एउटा निरअपराधी नफसुन भन्ने भनाईलाई आत्मसात गर्दै काम गर्ने उदघोष उहाले गर्नु भयो ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले पत्रकार र प्रहरीको सम्बन्ध मित्रवत र व्यवसायिक हुनु पर्नेमा जोड दिनु भयो ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य शैलेन्द्र झा, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम डिएसपी नारायण चिमोरिया, रौतहटका संचारकर्मी संजय मिश्र, जयप्रकाश यादव लगायतको उपस्थिती थियो ।