सवारी दुर्घटनामा दुईको मृत्यु, चार जना घाईते


बारा, ११ फागुन ।
सवारी दुर्घटनामा गम्भिर घाईते दुईको मृत्यु हुनुको साथै चार जना घाईते भएका छन् ।

मृत्यु हुनेमा बलोरो चालक जिल्ला नुवाकोट बिदुर नगरपालिका–९ कोल्नी बस्ने ३० बर्षे सुजन मगराती र भारतको बिहार राज्य मोतहारी जिल्ला मधुवन थाना कुन्दनपुर गाउँ बस्ने २८ बर्षे चन्दन चौहानको मृत्यु भएको हो ।

सिमराबाट हेटौडा तर्फ जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको बा.प्र.०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप जितपुरसिमरा उप–महानगरपालिका–१ आधाभार जंगलमा बुधबार बिहान साढे ५ बजे एक आपसमा ठोकिदा बोलेरोमा सवार ५ जना मानिसहरु गम्भिर घाईते भएको थियो ।

गम्भिर घाईतेमध्ये बोलेरोमा सवार चौहानको राती साँवा ७ बजे र बलोरो चालक मगरातीको साढे ७ बजे न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

यसैगरी अन्य गम्भिर घाईतेहरु भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्ला, परखना मोतिपुर थाना, दरुराज ग्राम सिसुवा बस्ने महेश चौधरीको २२ बर्षे छोरा राहुल चौधरी, सोही ठाउँ महाराजगंज जिल्ला गोरखपुर बस्ने बलिराम चौहानको १७ बर्षे छोरा सुदिप चौहान, गोरखपुर बस्ने सुरेश चौहानको १९ बर्षे छोरा रामलखन चौहानको न्यूरो अस्पताल बारामा उपचार भइ रहेको छ ।

यसैगरी घाईते भएका ट्रक चालक बारा जिल्ला परवानीपुर गाँउपालिका–४ चैनपुर हाल जितपुरसिमरा उप–महानगरपालिका–२ हुलास टोल बस्ने ३० बर्षे रवि पटेलको प्रहरी निगरानीमा न्यूरो अस्पताल बारामा उपचारमा रहेको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्योपानेले जानकारी दिनुभयो ।