कांग्रेस भित्रको बिकृती हटाएर पार्टी सुदृढ र एकताको लागि मेरो उम्मेद्बारी हृदय नारायण

रौतहट १९ फागुन । नेपाली कांग्रेस पार्टी रौतहटको जिल्ला अधिवेशनको तिथि नजिकिंदै जांदा जिल्ला नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कांग्रेसको नेतृत्व हात पार्नका दुबैपक्षका नेताहरुले आआफ्नै दाबी सहित गाउँ गाउँ घुमेर आफ्नै पक्षमा मतदान गर्न मतदाता संग आग्रह गरिरहेका छन । पार्टीको नेतृत्व गरेर बिगतमा कमाईखाने भांडो बनाएका पक्ष अहिले मतदाता लाई रिझाउन अनेक हतकण्डाको प्रयोग गरिरहेका छन । एउटै स्थानीयतहको टिकट बितरणमा करोडौं कमाउन सफल भएका पक्ष अहिलेको जिल्लाको माहौल हेरेर आतिएका छन । बिगतमा आफ्नो पक्षको भन्दैमा मतदान गर्ने मतदाताहरु यसपटक नेतृत्व गरिसकेकाहरुको आन्तरिक मुल्यांकन गर्न थालेपछि केही नेताको सातौं गएको छ । संस्थापन पक्ष र कोइराला पक्षका कांग्रेसका उमेदवारहरु अहिले गाउँ गाउँ घुमेर प्रचार प्रसारमा उत्रे पछि पुरै रौतहट निर्वाचनमय बनेको छ। फाल्गुन २० मा हुने कांग्रेसको जिल्ला अधिबेशनमा कोईराला पक्षबाट हृदय नारायण यादव र देउवा पक्ष बाट सुनिल कुमार यादव जितेन्द्र जिल्ला सभापतिको उमेदवार हुन । दुवै पक्षले आफ्ना उम्मेदवार जिल्ला सभापतिमा बिजयि हुने दावी गर्दै जिल्लाका मतदाता प्रतिनिधि रिझाउने गरेका छन् । हृदय नारायण स्वच्छ छबिका त्यागी तथा ईमान्दारका साथै ब्यवसायिक नेता भएकाले उनको जित सुनिश्चित रहेकोमा कार्यकर्ताहरु बिश्वस्त देखिएका छन । हृदय नारायण यादवले बुधबार आदर्श वाणी अनलाईन न्युज संग कुरा गर्दै कांग्रेस पार्टी भित्रको बिक्रीती हटाएर पार्टी लाई सुदृढ तथा एकताको लागि जिल्ला सभापतिमा दावेदारी भएको बताउनु भएको छ । २०३५ सालदेखि कांग्रेस पार्टीको राजनीतिमा लागेर २०३६ सालको जनमत संग्रहमा पनि बहुदलको पक्षमा योगदान गरेको उनको भनाई छ । छिमेकी गाउँ पिपरियाका तत्कालीन नेपाल सरकारको अर्थ राज्य मन्त्री स्वर्गीय हरिहर प्रसाद यादव निर्दलिय तर्फ लागेर हारेको तर आफू बहुदल तर्फ लागेर बिजयी भएको उनले बताए । मन्त्री भएर पनि निर्दल जिताउन नसकेकै कारण सो समय उनको मन्त्री पद नै धरानमा परेको कांग्रेस नेता हृदय नारायण यादवले स्पष्ट पार्नु भयो । उहाँले यसपटकको जिल्ला अधिवेशनमा आफू सभापति पदमा निर्वाचित भएमा पार्टी भित्र टिकट बेच्ने,होनहार लाई छोडेर पछलगुवा लाई टिकट दिने जस्ता गलत परम्परा संधैको लागि अन्त गर्ने उहाँले प्रतिबद्धता गर्नु भयो ।२०४१ सालमा गाविस अध्यक्षमा निर्वाचित भएको ,सो पछि जिल्ला विकास सदस्यमा मनोनीत भएको र यसअघि लगातार २ पटक कांग्रेस पार्टीको जिल्ला सचिव रहंदा अहिले सम्म आफुमाथी गलत काम गरेको कुनै आरोप लाग्न नसकेको दाबी गर्नु भयो । पार्टी भित्रको बिकृती हटाउन सुदृढ र एकताको लागि अगामी २० गते हुने जिल्ला अधिवेशनमा मतादाताले आफुलाई सभापतिमा चुन्नेमा पुर्ण बिश्वस्त रहेको कांग्रेस नेता हृदय नारायण यादवले आदर्श वाणी अनलाईन न्युज संग भएको कुराकानीमा बताउनु भयो । फाल्गुन २० मा हुने जिल्ला अधिबेसनमा १ सभापति २ उपसभापति २ सचिव र २ सह सचिव गरि ७ पदको निर्वाचन हुने छ। देउवापक्ष जिल्ला सभापतिको पदमा जितेन्द्र यादव सुनिल उमेदवार रहेका छन् । प्रदेश सभापति कृष्ण यादव समर्थन गरेको भन्दै जिल्ला अधिबेशनबाट जितेन्द्र पाईनल निर्वाचित हुने उनको पक्षले ठोकुवा गर्दै आएका छन् । सभासद जितेन्द्र यादव आफू युवा रहेकाले जिल्लाका अधिकांश युवा मतदाता आफ्नो पक्षमा रहेकाले २० गते हुने जिल्ला अधिवेशनमा आफू फराकिलो मतान्तरले सभापति पदमा बिजयी हुनेमा बिश्वस्त रहेका छन । कोईराला पक्षका उमेदवार हृदय नारायण यादव प्रदेश सभापति कृष्ण यादवको सम्धी नाता पर्ने भएकोले उनको भुमिका स्पष्ट नहुने कांग्रेस कार्यकर्ताहरुको बुझाई छ । यस अघि लगातार दुई पटक कृष्ण यादव कांग्रेसको जिल्ला सभापति रहेको समय उनको निकटतम सहयोगिको रूपमा जितेन्द्र यादव रहेका थिए । गत स्थानीय निर्वाचन तथा प्रदेश निर्वाचनमा सभापति कृष्ण यादव र संबिधानसभा सदस्य जितेन्द्र यादवले आफन्त लाई खोजिखोजी टिकट दिएको तथा अधिकांश स्थानीयतहमा टिकट बितरणमा आर्थिक चलखेल गरेको समेत आरोप लागेको थियो । पुर्व सभापति कृष्ण यादव र संविधान सभा सदस्य जितेन्द्र यादव राजनीतिक भन्दा बढी गिट्टी बालुवा व्यवसाय तर्फमा केन्द्रित भएकोले विशुद्ध रुपमा राजनीतिककर्ताहृदय नारायण यादव लाई यसपटक जिताउने सोंच पार्टी भित्रका युवा कार्यकर्ताको भनाइ ।