एमाले मेयरका उमेदवार कुश्वाहाको पक्षमा जनसमर्थन बढ्दै

१९ बैशाख ।रौतहटको कटहरिया नगरपालिकामा नेकपा एमालेका  मेयरका उमेदवार  सियाराम कुसवाहा प्रति जनसमर्थन बढ्दै गएको छ ।   मेयर उमेदवार कुश्वाहा उपमेयर उमेदवार कुन्ती देवि सहित एमालेका सम्पुर्ण उमेदवार प्रति नगर बासिको समर्थन बढ्दै गएको हो । निबर्तमान मेयर कुश्वाहा एमाले नेताहरू संगै   कटहरिया नगरपालिकाको बिभिन वडाका मतदाताहरु संगको भेटमा पछिल्लो कार्यकालको विकासको मुल्यांकन गर्दै स्थानीयहरुको एमाले प्रति रुझान बढ्दैगएको आंकलन गरिएको छ।अन्य  स्थानीयतहको तुलनामा कटहरियामा मेयर सियाराम कुश्वाहाले मात्र साढे ४ बर्षकै अवधिमा गरेको विकास निर्माणको काम देखेर बिपक्षीदलका उमेदवारहरु समेत आतिएका छन । जिल्लाको १८ स्थानीयतह मध्ये कटहरियामा शिक्षा,स्वास्थ,भौतिक पुर्वाधार निर्माण देखि जनताको प्रत्येक्ष सरोकार रहेको कैयौं महत्त्वपूर्ण कामहरू भएको छ जून अरु स्थानीयतहले गर्न नसकेको एमाले नेता बिनोद कुमार साहले दाबी गर्नु भयो । घरदैलो कार्यक्रममा निबर्तमान मेयर सियाराम कुश्वाहाले कटहरियाकालाई अबको निर्वाचित  पछी स्वास्थ्य, शिक्षा , भौतिक पुर्वधार निर्माणका साथै पुर्णसाक्षर नगरपालिका बनाउने प्रतिबद्धता जनाउनु भयो । उहाँले पुर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपि ओलिले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपालको सपना साकार गर्न अगामी ३० गते हुने स्थानीय निर्वाचनमा एमालेका सबै उमेदवार लाई मत दिएर जिताउन नगर बासिलाई आग्रह गर्नु भयो । मेयरका उमेदवार सियाराम कुश्वाहा सहित एमालेका नेताहरू सोमबार  कटहरिया नगरपालिका वडा न ,४ र ५ मा घरदैलो गरेर मतदाताहरु संग भेटघाट तथा बयोबृद,जेष्ठ नागरिक तथा मान्यजन संग आशीर्वाद लिएका थिए । घरदैलो टोलिमा मेयर उमेदवार कुश्वाहा संगै ,नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्वबिधायक कुन्दन कुश्वाहा,कटहरिया ५ का वडा अध्यक्षका उमेदवार राजनारायण साह,वडा ४ का वडा अध्यक्ष उमेदवार चन्दन कुश्वाहा,एमाले नेताहरू बिनोद साह,बिरबहादुर साह,रामजी महतो,नजिर मियां,मनोज यादव लगायत दर्जनौं कार्यकर्ताको सहभागिता रहेकोे थियो ।