प्रेस चौतारीको अध्यक्षमा बस्नेत, पदाधिकारीको नामसहित

काठमाडौं, २९ फागुन । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्ष पदमा गणेश बस्नेत चयन हुनुभएको छ । प्रेस चौतारी नेपालको नवौ महाधिवेशनले बस्नेतलाई सर्बसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी उपाध्यक्षहरुमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर चयन भएका छन ।

त्यस्तै, महासचिवमा हिरामान लामा चयन भएका छन भने उपमहासचिवमा राजु सुवेदी र सुरोजंग पाण्डे चयन भएका छन् । त्यसैगरी सचिबहरुमा बिस्णु तारुके (बागमती), हरि बल्लब नेपाल (प्रतिस्ठान), बिक्रम लुइँटेल (प्रदेश नं १), लोकसरी कुंवर (सुदूरपश्चिम), बिष्णु शर्मा कर्णाली, सुश्मा पौडेल (गण्डकी), कमल उपाध्याय (मधेस प्रदेश), प्रदिप आचार्य (लुम्बिनी प्रदेश) चयन भएका छन । चौतारीको कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । साभार जनता टाइम्स