बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, राष्ट्रपतिको कदमबारे छलफल

सत्ता गठबन्धनको बैठक चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल चलिरहेको हो । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनबाट पारित भएको नागरिक विधेयक प्रमाणीकरण नगरेका सन्दर्भमा केन्द्रित भएर छलफल भइरहेको छ ।
‘राष्ट्रपतिजीले गर्न नहुने काम गर्नुभएको छ, यो असंवैधानिक कदम हो, गठबन्धनको लागि सह्य विषय छैन,’ ती नेताले भने, ‘अबको बाटो के हुने भन्नेबारे गठबन्धनमा छलफल चलिरहेको छ । निष्कर्षमा पुगेपछि गठबन्धनको तर्फबाट संयुक्त रूपमा प्रतिक्रिया आउन सक्छ ।’
आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दल सिट बाँडफाँटको विषयमा समेत छलफलमा छन् । कार्यदलका सदस्य नेताहरूसमेत बालुवाटारमा जम्मा भएर छलफल गरिरहेका छन् ।सभार इ कान्तिपुर