एक जिल्लाबाट अर्का जिल्लामा जान पूर्ण रुपमा रोक

बारा, २९ साउन । कोरोना महामारीको प्रकोप दिनानुदिन सर्वत्र फैलिदै गरेको भन्दै गृह मन्त्रालयको आदेशमा एक जिल्लाबाट अर्का जिल्लामा जान पूर्ण रुपमा रोक लगाइएको छ । केही दिन अधि कर्मचारी तथा अति आवश्यक कामका लागि एक जिल्लाबाट अर्को जिल्लामा जान जिल्ला प्रशासनको अनुमती प्रमाण पत्र लिएर आउन जान दिने पास गृह मन्त्रालयको मिति ०७७ साउन २८ गते जारी गरिएको चलानी नम्बर ३९१ को पत्रले साउन २९ गते बिहानदेखी अर्को व्यवस्था नहुन्जेलसम्म रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । पूर्व पश्चिम महेन्द्र राजमार्गको पूर्वमा निजगढ, पश्चिम पथलैया, उत्तर अमलेखगंज तथा दक्षिण पर्साको वीरगंज जाने गण्डक र कलैया आउने लक्ष्मणवा चोकमा ट्राफिक प्रहरीसहितको प्रहरी टोलीले मुल सडक बन्दगरी चेकजाचमा कडाई गरिएको बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिए ।