हेटौंडाको बुद्धचोकबाटै सडक विस्तार सुरु गरिने

हेटौंडा– लामो समयदेखि चर्चामा रहेको सडक विस्तारको अवाल अझै सेलाएको छैन । ७ असारमा १५ दिने म्यादसहित डिभिजन सडकले सूचना प्रकाशित गरेपछि बर्सेनि बल्झिरहने सवालले माहोल तातेको छ ।

यसैक्रममा डिभिजन सडकले हेटौंडाको मुख्य बजार बुद्धचोकबाट तोकिएको मितिमै सडक विस्तार सुरु गर्ने जनाएको छ । यसअघि बुद्धचोकका २ वटा र राप्तीरोडका आधा दर्जन घर भत्काएपछि रोकिएको सडक विस्तारलाई निरन्तरता दिन डिभिजन सडकले बुद्धचोकबाटै सुरुवात गर्ने अडान लिएको छ ।

राजमार्गको दायँबायाँ २२ मिटर सडक सीमाको अतिक्रमण १५ दिनभित्र हटाउन आदेशसहित सूचना प्रकाशित गरेपछि चर्चा निकै बढेको छ । १६ मिटर कायम गर्ने वा मुआब्जा दिएर मात्र भत्काउने सवालमा विवाद चर्किएको छ ।

प्रदेश ३ सरकारले यसअघि नै संघीय सरकारलाई १६ मिटर कायम गर्न अनुरोध गरेको थियो । तर अनुरोधलाई पाखा लगाउँदै संघीय सरकार आफ्नै अडानमा छ । कुनै पनि हालतमा २५ मिटर सडक कायम गरिने डिभिजन सडक कार्यालय मकवानपुरले जनाएको छ ।

असार २२ गतेसम्म आफैं घरटहरा नभत्काए आफैंले डोजर लगाएर घर भत्काइने डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ । आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।