आरके श्रीवास्तव । रौतहट । अषाढ ०६
रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत वडा नम्बर ७ बगहीमा गएराति चोरी भएको छ । स्थानिय नाजिर हुसैनको एउटा भैसी र पडडु चोरी भएको हो । घरमा बाँधेर राखेको अवस्थामा चोरहरु आइ भैंसी खोलेर लगेको पुर्व उपसभापती तथा नेकपा नेता रोजुदिन आलमले टेलिफोन गरेर जानकारी गराएका हुन् । दुइ दिन अघि पनि रहीम अन्सारीको घरमा चोरहरुको समुहले घरमा सेन फोरेका थिए तर गाँउलेहरुको जागरमका कारण चोरी हुन नसकेको आलमले बताए । स्थानिय चोरहरुको साँठगाँठमा गाउँमा चोरहरु राति राति खुलेआम रुपमा घुमन थाले पछि बगही गाउँबासी त्रसित बनेका हुन् । चोरीको सम्बन्धमा स्थानिय प्रहरीलाइ खबर गरि सकेको वहाँले बताउनु भयो । यस्ता किसिमका घटनाहरु हाम्रो समाजमा हुनु राम्रो नभएको र यदि चोरी भएको हो भने अनुसंधान प्रक्रिया अगाडि बढाइने इप्रका गरुडा का डिएसपि ज्ञान कुमार महतोले बताए । यस प्रति नागरिकहरु पनि सेचत हुनु पर्नेमा वहाँले जोड दिनु भयो । यस्ता चोरीका घटनाहरु पछिल्लो समय बढेकोले अब प्रहरी गस्ती लाइ तिव्रता दिने इप्रका गरुडाले जानएको हो । कटहरिया वडा नम्बर ७ का वडाध्यक्ष सँग यस विषयमा बुझन खोजदा जाँड रकसी पिउने,जुवातास खेलने र लामो लकडाउनका कारण रोजगारी गुमाएका,कामकाज बन्द भएपछि यस्तो चोरीको घटनामा बढोतरी भएको हुन सक्ने वडाध्यक्ष साहले बतउनु भयो । लकडाउनको समयमा समस्या परेको छ भने म कहाँ आउनुस वडा कार्यालयले राहत उपलब्ध गराउने छ तर यस्ता चोरी को घटनाहरुमा संलगन नहुनु होला भन्दै सबैमा आग्रह गरेका थिए । साथै आफनो सामान आफैं सुरक्षित साथ राख्न पनि वडावासी लाइ आग्रह गरेका थिए ।