मौलापुर नगर प्रमुख द्धारा विकास निमार्णको कार्य लाइ गरियो अनुगमन


आरके श्रीवास्तव । रौतहट । अषाढ ०५
रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिना साहले बिकास निर्माणका योजनालाई अनुगमन गर्नुभएको छ। आर्थिक बर्षको अन्त्यतिर बिकास निर्माणलाई हतारमा गर्दा दिगो नहुने भन्दै आफै अनुगमनका लागि खटिनुभएको हो।
नगरपालिका अन्तरगत निर्माण भैरहेका विभिन्न महत्त्वपूर्ण आयोजनाहरुको शुक्रबार अनुगमन गर्नुभएको हो। कोरोना भाईरसका कारण देश लकडाउनमा भएकोले आयोजना केहि समय ढिलो हुन गएपनि समयमै सक्न समेत उपभोक्ता समितिलाई निर्देशन समेत दिनुभएको छ।
यस क्रममा सोनरनियाबाट बसवरिया भन्सार हुदै सिधा इण्डिया जोड़ने सड़क, सोनरनियाकै वर्डाकार्यालय भवन, सामुदायिक भवन , चौतरा, सड़क ढलान लगायतको महत्वपूर्ण योजनाहरूको निरीक्षण संगÞै मौलापुरको विद्यालय भवन, प्राविधिक शिक्षालय भवन , नदी नियंत्रण एवं सड़क निर्माण कार्यको समेत निरीक्षण गर्नु भएको थियो । केही कमी कमजोरीको वाबजुडद निर्माण कार्य संतोषजनक नै रहेको मेयर साहलृ बताउनु भएको छ ।
अनुगमन टोलिमा नगर उपप्रमुख गौरी शंकर जयसवाल, प्राविधिक लगाएत कर्मचारीको समेत उपस्थिति रहेको थियो।