एसएसबीको हराएको एसएमजी बरामद

समाचारदाता बारा, पुस १२ गते ।नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा फौज एसएसबीको हराएको एसएमजी भारतीय भुमीमा फेला परेको छ ।बाराको सिम्रौनगढ क्षेत्रमा पर्ने सतुवाही नाका पुर्वी चम्पारणको अगरवा ग्राम पञ्चायतको कोटगावा सीमा पोष्टबाट एसएसबीको एसएमजी र ३५ राउण्ड गोली सहितको म्याग्जीन सोमवार साँझ पौने ७ बजेको समयमा हराएको थियो ।एसएसबीको एसएमजी सहितको गोली हराएपछि हल्लिखल्लि मचेको थियो । नेपाली सीमामा तैनात सशस्त्र प्रहरी पनि नेपाली क्षेत्रमा निकै खोजतलास गरेका थिए । सशस्त्र प्रहरी जवान सुनिल यादवको सुचनाको आधारमा सीमाबाट ५ सय मिटर भारतीय भुमिमा रहेका अलियास मंसुरीको घरमा खानतलासी गरेपछि एसएमजी गोली सहित म्याग्जीन फेला पार्न सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजी गणेशबहादुर ठाडा मगरले जानकारी दिनुभयो ।मंगलवार विहान साढे ११ बजेको समयमा भारतीय नागरिक मंसुरीको घरमा राखिएको कालो रंगको झोलाबाट एसएमजी, ३५ राउण्ड गोली भएको म्याग्जीन फेला परेको बताउदै भारतीय नागरिक मंसुरी फरार भएको हुँदा एसएसवीले खोजी कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।उक्त पोष्टमा डिउटीमा रहेका एसएसबी ३५ राउण्ड गोलीको म्याग्जीन लागेको एसएमजी राखेर एकछिन बाहिर निस्किदा हराएका थिए । एसएसबीको हेलचक्रयाईको कारण यस्तो घटना भएको श्रोतको दावी रहेको छ ।फोटो क्याप्सनः– बरामद भएको क्ःन् हेर्दै भारतीय क्क्द्य का अधिकारी ।