जिल्ला प्रशासन कार्यलय रौतहटले जारी गरेको निषेधाज्ञा ब्यपारी द्धारा उलङ्गन

साउन २५ गते रौतहट

संक्रमितको संख्या बढन थालेपछि जिल्ला प्रशासन कार्यलय रौतहटले जिल्लामा शनिवार देखि लागुहुने गरि गरिएको निषेधाज्ञाको आज दोस्रो दिन जिल्लाको चर्चित बजार कटहरियामा प्रहरी नहुदा स्थानिय व्यपारीहरु पसल भित्र ग्राहक हरुलाई प्रबेश गराई धमाधम खाध्यान समाग्री बिक्री बितरण गरिरहेको देखिएको छ।

बिहान देखि कटहरियामा ईलाका प्रहरी कार्यालय कटहरियाको टोली गस्ती गरिरहदापनि खासै उपलब्धी हुन नसकेको स्थानियहरुले गुनासो गरेका छन। । जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक गरेको सुचना अनुसार आज बिहान देखी निषेधाज्ञाको उल्लंघन भईरहेको छ ।

बजारमा रहेको कपडा पसल मोबाइल पसल किराना पसल र कष्मेटिकका पसलमा लुकीछिपी बिक्री बितरण गरि रहदा सम्बन्धी निकाय वा प्रहरी प्रशासन खासै कुनै चासो नलिएको स्थानियहरुको भनाई रहेको छ।।जिल्लाको मुख्य चौकमा कडाई हुदा पनि गाउघरमा प्रभावकारी हुन नसकेको र जस्को कारण स्थिती अझ भयवाहीत हुने खत्रा बढदै गएकाले यस्तो ठाउमा थप कडा सुरक्षा सर्तकता अपनाउनु पर्ने देखिएको छ।