काँग्रेस नेता भन्छन्, कम्युनिष्टले देशमा गम्भीर षड्यन्त्र गर्दैछन्

हेटौडा–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसीले वर्तमान सरकारले अधिनायकवादी शासन चलाई देशमा गम्भीर षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् ।

काँग्रेसले बैशाख २५ गतेदेखि आयोजना गरेको जागरण अभियानको समापन कार्यक्रमलाई हेटाडामा सम्बोधन गर्दै नेता कसीले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट सरकारले भ्रष्ट्रचार र व्यापार घाटा बढाई शुसासन घटाएको बताए । समृद्व नेपाल सुखी नेपाली नारा लगाई जनतामा झुठो आश र भ्रम मात्र छरेको उनको भनाई थियो । उनले भने ‘प्रधानमन्त्रीले सिण्डिकेट हटाउनेदेखि घरघरमा ग्यास चुलो पु¥याउने जस्ता हावादारी गफ गरेर जनतालाई निराश बनाएका छन् ।’

उनले सरकारले न्यायपालिकालाई आफ्नो कमजोर छाँया बनाएको दाबी गरे । सरकारले पत्रकारितालाई नियन्त्रण गर्न मिडिया काउन्सिल बिधेयक ल्याउन लागेको भन्दै सरकारले सबै मर्यादा पार गरेको बताए । नेता केसीले नेपाली काँग्रेसको जागरण अभियान उपलब्धीपूर्ण नभएको पनि बताएका छन् ।

‘जागरण भनेको आफूभित्र भएका कमीकमजोरी र त्रुटीलाई नियालेर सुधार्नु हो तर यहाँ त जागरण शाब्दिक अर्थमा मात्रै प्रयोग भएको छ’ उनले भने । प्रदेश नम्बर ३ का नेपाली काँग्रेसका संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य सुशीला उप्रेती, काँग्रेस मकवानपुका सचिव बुद्व लामा, जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख कृष्ण सञ्जेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।