प्रेस चौतारी नेपाल रौतहट शाखाको बैठक सम्पन्न

रौतहटको कटहरिया नगरपालिकामा प्रेस चाैतारी राैतहटकाे बैठक सम्पन्न भएको छ । कटहरिया स्थित रहेको जनयुद्ध सहिद स्मृति प्रतिष्ठान भवनमा प्रेस चौतारी रौतहटको बैठक सम्पन्न बाेलाईएकाे थियाे ।शनिबार (आज) प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष उतम कुमार उपाध्यायको सभाध्यक्षतामा बैठकमा स्थानीय तहमा चाैतारीकाे भूमिका बारे छलफल भएको थियो ।

बैठकमा विभिन्न प्रस्तावहरु पेश गरिएको थियो भने स्थानीय तहको निर्वाचनमा संचारकर्मीको भूमिका तथा जिम्मेवारी बाँड फाड बारे विचारविमर्श गरिएको थियाे ।साथै आसन्न स्थानीय तह निर्वाचनमा चाैतारीमा आबद्ध पत्रकारहरूकाे भूमिका नेकपा एमालेका जिल्ला सचिव बालविक्रम कार्किले प्रष्टयाउनु भएको थियाे ।

कार्यक्रममा चाैतारीका केन्द्रीय सदस्य संजय मिश्र, प्रेस चौतारी रौतहटको उपाध्यक्ष नन्दभुषण श्रीवास्तव, कटहरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दनकुमार कुशवाहा, प्रेस चौतारी रौतहाटको सचिव मुकेशकुमार साह, प्रेस चौतारी रौतहटको सह सचिव रामप्रवेश बैठा लगायत प्रेस चौतारी रौतहट शाखाको पदाधिकारी लगायतको चाैतारीमा आबद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सभार बजिकाञ्चल खबर