रोकिएन रौतहटमा भारतिय सामानको तस्करी

रोकिएन रौतहटमा भारतिय सामानको तस्करी

रोकिएन रौतहटमा भारतिय सामानको तस्करी

आरके श्रीवास्तव । रौतहट । वैशाख ३१ ,२०७७ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न नेपाल सरकारले गतचैत ११ गतेदेखी लगातार लकडाउन जारी राखेको छ ।
लकडाउनको अवधिमा सबैबजार बन्द छ सवारीसाधन चलेको छैन तर पनी रौतहटमा भारतिय सामानको तस्करी रोकिएको छैन ।
बिगतमा गरेजस्तो नभई लकडाउनमा तस्करहरुले नया तरिकाले भारतिय सामानको तस्करी गरेर रौतहटका बिभिन्न बजारहरुमा पुरयाई रहेका छन ।
सिमावर्ती भारतिय गाँउहरुमा रहेका आफन्त मार्फत सानो परिमाणमा भारतिय कपडा,चिनि,गुुटखा,सुुर्ती लगायतका सामान झाृलामा राखेर चोरबाटो हुँदै सिमा संग जोडिएको नेपाली गाँउसम्म मगाईरहेका छन ।
भोलीपल्ट साईकल,मोटरसाईकलमा ब्याग र झोलामा राखेर उक्त सामानहरु एकाबिहानै र राती राती रौतहटको बजारहरुमा पुरयाई रहेको प्रत्यक्षदर्सीहरुले बताएका छन ।
लकडाउनको अवधिमै प्रहरीले कैयौं तस्करलाई बिभिन्न भारतिय सामान मोटरसाईकल सहीत पक्राउ गरेर भन्सार कार्यालयमा समेत बुुझाएका छन ।
सामान्य दिनमा पाँच छौसय प्रतिकिलोमा बिक्ने भारतिय सुुर्ती लकडाउनको अवधिमा हाल कटहरिया लगायत जिल्लाका अन्य बजारहरुमा एकहजार देखी १२ सय प्रतिकिलोमा बिक्री भईरहेको छ।
त्यसैगरी गुटखा लगायत अधिकांस भारतिय सामानको लकडाउनको अवधिमा भाउ आकासिएको हाम्रा सहकर्मी आदर्श उपाध्यायले जानकारी दिएका छन ।