सांसद साहको चुनावी प्रतिबद्धता अनुरुप ग्यास सिलिन्डर तथा चुल्हा गरियो वितरण

रौतहट । साउन ०३ गते
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का संघिय सांसद तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको निर्वाचन क्षेत्रमा धमाधम ग्यास सिलिन्डर तथा चुल्हा वितरण भइरहेको छ । नेता साहको चुनावी प्रतिबद्धता अनुरुप धुवाँ मुक्त क्षेत्र बनाउने अभियानलाई निरतरता दिइएको हो । वहाँले आफनो निर्वाचन क्षेत्रमा करिब ९० प्रतिशतले ग्याँस सिलिण्डर प्रयोग गरिरहेको दाबि गरेका छन् । अब छिट्टै आफनो क्षेत्र धुवाँ मुक्त घोषणा गरिने वहाँले बताउनु भयो । आज रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा न ३ साविक बिर्ती प्रष्टोका गाविसमा ७४० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । चुनावको बेला सांसद साहले गरेको प्रतिबद्धतालाई लगातार पूरा गर्ने रौतहटको पहिलो सान्सद समेत रहेको छ । यस अघि सांसद साहको निर्वाचन क्षेत्र अन्तर्गत मौलापुर नगरपालिका,देवाहिगोनाही नगरपालिका ,फतुआ विजयपुर नगरपालिकामा ग्यास सिलिण्डर र चुल्हा वितरण भइसकेको छ भने केहि स्थानमा बाँकि रहेको छ । यसै क्रममा आज कटहरिया नपामा पनि वितरण गरिएको थियो । यस अवसरमा प्रदेश सभा सदस्य विधायक कुन्दन कुशवाहा, कटहरीया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा, नेकपा प्रदेश कमिटी सदस्य त्रिभुवन साह लगायत स्थानीय जनप्रतिनिधि एवम् नेताहरुको उपस्तिथिमा उक्त वडाका सम्पूर्ण घरपरिवारलाई ग्यास सिलिन्डर वितरण गरिएको सांसद साहका स्वकिय सचिव विजय यादव निर्विजले जानकारी गराएका हुन् ।