२२ महिला सहित एक सय नौ जना द्धारा रक्तदान

आर्दशवाणी संवाददाता । पर्सा, १२ मंसिर । प्रभु अस्पताल बीरगंजको आयोजनामा बिहिवार सम्पन्न रक्तदान कार्यक्रममा २२ महिला सहित १ सय ९ जनाले रक्तदान गरेका छन् । डा.अभिषेक अर्यालले रक्तदान गरि कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो । सो अवसरमा सुरेन्द्र कुमार ठाकुर, डा.राधा भट्टराई, श्याम प्रसाद यादव, निरज अधिकारी, मनिषा पाण्डे, आरती कुमारी, तारा महतो, शैलेन्द्र चौधरी लगायत १ सय ९ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । कार्यक्रममा डा. लक्ष्मी थापा, डा.मनोज गुप्ता, वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा.दिपक शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का कार्यवाहक अध्यक्ष केसी लामिछाने, वीरगंज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर गुप्ता लगायतको उपस्थिति रहेको थियो । रक्त सञ्चार केन्द्रका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा खटिएको टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको प्रभु अस्पतालकी प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी शर्मा खरेलले जानकारी दिनुभयो ।